प्रहरीले पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।
अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको हो ।
पर्साका एसपी गौतम मिश्रले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको बताए । उनले भने,
‘हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएका छौं। ४१ जनाविरूद्ध मुद्दा चलाउन प्रतिवेदनमा भनिएको छ।
३० जना व्यक्ति र ११ वटा संस्थारकम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो । यी प्रतिवादीमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसमेत छन् ।
यहाँ २ अर्ब ३० करोड बिगो माग दाबी छ । लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी भएको छ।
लामिछाने लगायतविरूद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारीमा मुद्दा दर्ता भइसकेको छ।




