मुख्य समाचार

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार

बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७९÷८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११… पुरा पढौ

लेक लागेर मृत्यु

मनाङको तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका ९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो । मंगलबार बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको छ । शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले… पुरा पढौ

मुक्तकप्रेमीलाई सरुको उपहार ‘भिरको फूल’

मुक्तककार सरु लामिछानेको पहिलो मुक्तक संग्रह भिरको फूल शनिबार विमोचन गरिएको छ । मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ र कृतिकार लामिछानेले सो कृति सार्वजनिक गरेका हुन् । मुक्तक मञ्चले प्रकाशन गरेको कृतिमा १ सय ४१ मुक्तक संगृहित छन् । कार्यक्रममा साहित्यकार सरुभक्तले नेपालमा मुक्तक र पोखरा एकअर्कामा पर्यायवाची भएको बताए । उनले पछिल्लो समय मुक्तककारहरुले देश, समाज र जीवनका अनेक… पुरा पढौ

पिसिएममा ‘शिक्षण र सिकाइ : चुनौती र रणनीति’ कार्यशाला

पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ : चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा शिक्षक, विद्यार्थी गरी ४० जना सहभागी थिए । कार्यशालामा कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्तो कार्यक्रमले शिक्षकलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल… पुरा पढौ

रविले भने: अहिले नै  गिरफ्तारी दिँदैछु

रास्वपा सभापति रवि लामिछानेले अहिले नै गिरफ्तारी दिने जनाएका छन् । उनले फेसबुकमा लेखेका छन् : ममाथि ठुलो अन्याय भएको छ’  सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै  गिरफ्तारी दिदैछु।  साथै  न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।म माथि   ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्। पुरा पढौ

रवि सर्वाेच्च जान पाउँछन् कि जेल जानै पर्छ ?

सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश गरेको छ। आदेशसँगै उनी थुनामा बस्नुपर्ने भएको छ ।कानुनविद्हरूका अनुसार उच्चको आदेशविरुद्ध उनी सर्वाेच्च जान पाउँछन्, तर त्यसका लागि थुनामा बस्नुपर्ने हुन्छ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना मुद्दामा लामिछानेलाई प्रहरीले प्रतिवादी बनाएको थियो । सो मुद्दामा जिल्ला अदालत, रुपन्देहीले उनीसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । त्यसविरुद्ध लामिछाने र सरकारी वकिल… पुरा पढौ

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ। यसअघि जिल्ला अदालतले एक करोड धरौटीमा छाड्ने आदेश गरेको थियो। सुप्रिम सहकारी ठगीको मुद्दामा जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। त्यस्तै, छविलाल जोशीको हकमा जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश भएको छ। पुरा पढौ

हेमजामा चैत २४ बाट आलु महोत्सव

यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ। आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि… पुरा पढौ

ज्ञानेन्द्र शाहलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । शुक्रबार राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो । हिजो राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो । महानगरले हिजो नै… पुरा पढौ

रवीन्द्र मिश्र, धवल शमशेरसहित ५ पक्राउ

प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ५ जना नेतालाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना छन् । प्रहरीले राजावादीको कमान्डर दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन छन्। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं