चैत १५ गतेको आन्दोलनमा राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो। किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए।
उनी पर्यटक भिसामा नेपाल बस्दै आएका उनलाई मंगलबार अमेरिका फर्काइने तयारी छ ।




