मुख्य समाचार

रेडलाइट एरिया तोकिए महिला बेचबिखन हुन्छ

शक्ति समूह नेपालले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नहुने अडान राखेको छ । संस्थाले यौन व्यवसायलाई कानुनी मान्यता दिए महिलाको नेपालमै बेचबिखन हुने चिन्ता जाहेर गरेको छ । समूह मानव बेचबिखनबाट प्रभावितबाट खोलिएको संस्था हो । शक्ति समूह नेपालका संस्थापक तथा कार्यकारी निर्देशक सुनिता दनुवारले नेपालमा यौन व्यवसायलाई कानुनसम्मत बनाउन नसकिने बताइन् । केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेड लाइन एरिया तोकेर यौनकर्मीलाई लाइसेन्स दिनुपर्ने धारणा राखेका… पुरा पढौ

मातृ शिशु अस्पतालमा कोमागाने मितेरी कक्ष

पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरी कक्ष स्थापना भएको छ । जापानको कोमागाने सहरको नाममा कोमागाने मितेरी कक्ष स्थापना गरिएको हो । कोगमागाने र जापानका बारेमा अध्ययन गर्न सकिने गरी स्थापना गरिएको कक्ष सोमबार गण्डकी प्रदेशका सांसद कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र सिटिजन एसोसियसन फर नेपाल एक्सचेन्ज कोमागानका अध्यक्ष कोमा सुभाराले संयुक्त रुपमा उद्घाटन गरे । कोमागानेले पोखरालाई मातृ शिशु मितेरी अस्पताल निर्माण, स्वास्थ्य… पुरा पढौ

पर्यटकले लगाए भाइटीका

पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि भाइटीका महोत्सव गरेको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा भएको महोत्सवमा विभिन्न १० देशका ६० पर्यटकले टीका ग्रहण गरेका थिए । महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए । रेन्बो चिल्ड्रन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले १२ औं भाइटीका महोत्सव गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा… पुरा पढौ

अब सिर्टिफिकेट धितो राखेर ऋण

अब व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते… पुरा पढौ

पोखरालाई पोखरा प्रिमियर लिग 

भुवन कार्कीको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले क्रस स्वीप गर्दै चौका हानेपछि पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । रवि इन्दर सिंहको ठोस ईनिङ्समा तेस्रो पे्रmन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको पोखराबाट शुरु भएको पहिलो संस्करणकोे पोखरा प्रिमियर लिगको उपाघि घरेलु टोलीले उचाल्यो । रवि इन्दर सिंहले ५८ बलमा ९० रनको महत्वपूर्ण इनिङ्समा पोखरा पल्टनले मंगलबार चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै २७ लाख राशीको… पुरा पढौ

प्याराग्लाइडिङ  विश्वकपमा कोरियाको बर्चस्व

प्याराग्ल्याडिङ एक्युरेसी विश्वकपको उपाधि कोरियन पाईलट(खेलाडी)ले उचाल्दा घरेलु भूमिमा नेपाली पाईलट युकेश गुरुङ भने आठौं स्थानमा चिक्त बुझाएका छन् । ओभरअल प्रतिस्पर्धाको छ राउण्डको समाप्तीमा कोरियन पाईलट स्याङयु लिमले १२ अंक जोड्दै उपाधिसहित १ हजार युरो पुरस्कार स्वरुप थापे । उनले अन्तिम चरणको उडानमा केवल दुई अंकको स्कोर गरेपछि नेपालमा आयोजित पहिलो सस्करणको विश्वकपको उपाधि लिमको पोल्टामा पर्यो । दोस्रो र तेस्रो स्थानमा समेत कोरियन खेलाडीले नै कब्जा गरे । समान… पुरा पढौ

भाइटीकाको उत्तम साइत ११ः५५ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ । कात्तिक १९ गते कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक… पुरा पढौ

डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडौले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ। विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय  ७६ रुपैयाँ जरिवाना गर्ने फैसला मंगलबार सुनाएको हो। विशेष अदालतले सोबराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसलासमेत सुनाएको छ। श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६… पुरा पढौ

तिहारलाई ११ करोडका माला विदेशबाट

फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करिब ३ लाख विभिन्न जातका माला भारतबाट आयात हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले तिहारलाई माला अपुग हुने देखिएकाले यसवर्ष झण्डै ११ करोडको ४५ जातका ३ लाख सयपत्रीका माला र फूल आयात गर्न लागिएको बताए । भाइटीकामा काठमाडौंलाई मात्र रू १५ देखि १७ लाखको माला… पुरा पढौ

बेखबर बस्ती : साङ्ता गाउँ

सदियौंदेखि बेखबर बस्ती हो साङ्ता गाउँ । मुस्ताङको यो बस्ती ३० दशक अघिमात्र पत्ता लागेको बताइन्छ । डोल्पा र मुस्ताङबीच पहाडको खोंचमा रहेको साङ्ता गाउँ जोमसोमदेखि करिब ४० किलोमिटर पश्चिममा छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ अन्तर्गत पर्ने यस गाउँसँग फ्याल्क र धाकार्जुङ जोडिएका छन् । एउटै वडामा रहेका यी २ गाउँको दूरी २५ किलोमिटर छ । साङ्तेली समुदायको परिचय उनीहरुको भेषभूषाले झल्काउँछ । बस्तीका अधिकांश बासिन्दा अशिक्षित छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं