पोखरा बृहत सफाइ १२९ औं शृङ्खलामा पुगेको छ । अभियानले शनिबार पोखरा ५ जिरो किमी फिर्केदेखि पोखरा ६ र ७ को सिमाना बुलौदीसम्म फोहोरमैला संकलन गरेको थियो ।
हप्तामा १ घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सञ्चालित यस पटकको सफाइ अभियानमा पोखरेलीमाझ परिचित वडा सचिव लोकदर्शन कोइरालाले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए भने वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले सरसफाइ र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।
अभियान संयोजक रामबहादुर पौडेलले आफ्नो घर वरपर सफा राख्ने दायित्व सबैको भएको हुँदा घर, टोल सफा राख्न आग्रह गरे । शनिबारको अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा ५, ६ र ७ का अध्यक्ष तथा जनप्रतिनिधि, पोखरा महानगरपालिका कार्यालय, मुक्तिनाथ विकास बैंक, स्थानीय युवा क्लब तथा आमा समूहहरु, टोल विकास समिति, विभिन्न सामाजिक संघसंस्था लगायतको सहभागिता थियो ।
अभियानलाई सन्चो मेडिकलका सञ्चालन कृष्ण पाण्डेले ५ प्याकेट डिस्पोजल पन्जा र ३ प्याकेट मास्क सहयोग गरेका थिए ।
आगामी हप्ताको सफाइ कार्यक्रम पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट सुरु हुने अभियान संयोजक पौडेलले बताए ।