मुस्ताङमा ट्याक्टरसहित अवैध काठ बरामत

मुस्ताङमा पहिलो पटक ट्याक्टरसहित अवैध गोब्रे सल्लोको काठ बरामत भएको छ । थासाङ गाउपालिका वडा नम्बर २ कोवाङबाट घरपझोङ गाउपालिका वडा नम्बर २ मार्फा फर्निचरमा चिरानी गर्ने उद्देश्यले ल्याउदै गर्दाको अवस्थामा रातको करिव ११ बजे मार्फा सामाग्री नजीक प्रहरीले अवैध काठसहित ट्याक्टर बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

पोखराबाट मुस्ताङतर्फ आउदै गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहितको टोलीले मार्फा सामाग्री नजिक चेकजाच गर्ने क्रममा अवैध काठ बरामत भएको हो ।ट्याक्टरसहित अवैध काठ प्रहरी नियन्त्रणमा लिएको छ, भने, अहिले काठ अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापको निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।काठका धनी प्रहरीको संम्पर्कमा आएतापनि कानुन बिपरित अवैध काठ ओसार–पोसार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

काठका धनी थासाङ गाउपालिका २ भुर्जुङकोट बस्ने गमबहादुर बिश्वकर्माले ट्याक्टरमा लोड भएअनुसारको काठको आवश्यक श्रोत खुलाउन नसकेको एक्यापका वरिष्ठ प्राकृतिक श्रोत संरक्षण सहायक सुरेश थापाले जानकारी दिए ।उनका अनुसार अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले जिल्लाका अधिकाँश गाउहरुमा संरक्षण व्यवस्थापन समिति गठन गरेको छ ।घरायसी कामकाजका लागि जंगलमा काठ काट्ने अनुमति पूर्जि प्रदान गर्ने गर्छ ।

तर,काठका धनी गमबहादुरले संरक्षण व्यवस्थापन समितिले तोकेको पूर्जि भन्दा दोब्बर ओसार पोसार गरेको थापाले जानकारी दिए ।‘संरक्षण समितिले जुन प्रयोजनका लागि पूर्जि दिएको हो सोही रुपमा प्रयोग हुनुपर्छ ।गमले लिएको पूर्जि अनुसार वडाबाट अन्य स्थानमा लैजान पाईदैन ।यसो गरेर अन्यत्र लगेमा स्वतः उक्त काठ अवैध ठहर्छ ।’उनले भने ।

यता,उक्त काठका धनी गमबहादुरले २०७४ साल चैत्र २१ गते संरक्षण व्यवस्थापन समिति कोवाङबाट ८३ क्यूबिक फिट काठको पूर्जि लिएका थिए ।तर उनले समितिको छोडपत्र अनुमति बेगर काठ अन्यत्र लगेको पाईएको र समितिले तोकेको भन्दा १ सय ४३ क्यूबिक फिट काठ ट्रयाक्टरमा बरामत भएकाले कानुन बिपरितकार्य देखिएकोले प्रहरीले थप अनुसन्धान अघि बढाएको एक्यापका बरिष्ठ श्रोत संरक्षण सहायक थापाको भनाई छ ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले अवैध काठ ओसार पोसारबारे थपअनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको जनाएको छ ।एक्याप जोमसोमका अनुसार मुस्ताङमा पहिलो पटक अवैध काठ बरामत भएको बताएको छ।बरामत गरिएको काठको संम्पूर्ण प्रतिबेदन मुचुल्कापछि आवश्यक कारवाही प्रक्रिया अघि बढ्ने एक्यापका थापाले बताए ।उनका अनुसार प्रहरीले बुझाएको मुचुल्कालाई एक्यापको प्रधान कार्यालय पोखरामा रहेको सम्पर्क अधिकारीको कार्यालयमा पठाईने र कार्यालयमा कार्यरत मूद्धा फाँट हेर्ने टोलीले स्थानीय स्तरमा आएर थप अनुसन्धान गर्ने जनाईएको छ ।


एक्याप जोमसोमले काठ अवैध भएको प्रमाणित भएमा बन ऐन २०२८ र राष्ट्रिय निकुञ्ज नियामावली २०२९ को दफा अनुसार कारवाही हुने जनाएको छ ।गत आईतबार नम्बर प्लेट समेत नभएको थासाङ २ कोवाङका दिपक बिकको ट्याक्टरले अवैध काठ ओसार पोसार गरेको एक्यापले जनाएको छ ।

अवैध काठ ढुवानी गर्ने ट्याक्टरका धनी समेत दोषि रहेको र ट्याक्टरसहित काठ जफत वा बिगो अनुसारको कारवाही हुन सक्ने बरिष्ठ प्राकृतिक श्रोत संरक्षण समिति सहायक थापाले बताए ।एक्यापले सबै संरक्षण समितिहरुलाई स्थानीय स्तरमा जनचेतना अभियान संञ्चालन गर्दै आईरहेको उल्लेख गर्दै सहायक थापाले संरक्षितक्षेत्रमा अवस्थित जटिबुटी,गिटी,ढुङ्गा,बालुवा,काठ र जंगली जनावरका छालाहरु बिना ईजाजत ओसार–पोसार तथा बिक्रि बितरण गर्न नपाईने बताए ।

यता,संरक्षण व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीले अवैध काठका बिषयमा कुनै जानकारी नभएको बताए ।उनले समितिले तोकेको मापदण्ड बिपरित कार्य गर्ने गरेमा स्वतः काठ अवैध हुने भएकाले यसका लागि संम्वन्धित निकायले यसबारे कारवाही प्रक्रिया अघि बढाउने उल्लेख गरे ।

‘वडा काटेर काठ अन्यत्र लैजान पाईदैन । समितिले व्यक्तिगत घरायसी प्रयोजनका लागि पूर्जि दिने हो ।गलत आसयले काठ लगेको सुनियो ।यो कानुन बिपरित हो ।’थकालीले भने ।