ग्रिसका भूगर्वविद्हरुको पुरानो हराएको टेनिया सहर भेटिएको जनाएका छन् । यो सहर टोर्जन वारका बन्दीहरुलाई राखेर बनाइएको बताइन्छ ।
घरका भग्नावशेष, गहना, मुद्र र पुरिएका अनेक वस्तु दक्षिणी पेलोपोनेसे क्षेत्रमा फेला परेको जनाइएको छ । भूगर्भ वेत्ताहरुसँग अहिलेसम्म त्यो सहर कहाँ पर्छ भन्ने सालाखाला अनुमानमात्र थियो, प्रमाणित तथ्य थिएन ।
रोमन युगमा उन्नत र विकसित बनेको यो सहर चौथों शताब्दितिरबाट हराएको अनुमान छ
यो सहर इसापूर्वको चौथों शताब्दीदेखि रोमनको समयसम्म रहेको बताइन्छ । अहिले चिलिमोडी गाउँ रहेको यो क्षेत्रमा अन्वेषण २०१३ मा सुरु भएको थियो । टेनिया सहर रहेको प्रमाण भने सेप्टेम्बर र सुरुआती अक्टोबरमा मात्र फेला परेको विज्ञहरुले बताए ।
सावधानपूर्वक कुशल तवरले बनाइएका पर्खाल, ढुंगा, मार्वलको भूई दुलर्भ करिब २ सय मुद्रा भेटिएको छ । एउटा महिला र वच्चासहितका ७ वटा चिहान फेला परेका छन् । ती चिहान गहनाले सिंगारिएका थिए ।
प्रमुख भूगर्भ वेत्ता इलेना कोर्का उत्खननबाट भेटिएका प्रमाणका आधारमा निष्कर्ष निकाल्छिन् ः टेनियाका बासिन्दा बेस्सरी हुनेखाने थिए । कोरिन्थ र अर्गाेस सहरबीचको व्यापारिक मार्गमा यो सहर रहको उनको दाबी छ ।
थोरैमात्र जानकारी भएको यो सहर टोर्जनहरुले बसाएका थिए । जसलाई म्याकेनियाका राजा अगामेननले ट्रोयको लडाइँमा नियन्त्रण लिएको इतिहास छ ।
रोमन युगमा उन्नत र विकसित बनेको यो सहर चौथों शताब्दितिरबाट हराएको अनुमान छ । कोर्का भन्छिन् ः यो सहरबारे धेरै जानकारी आउँदा वर्षहरुसम्म जारी रहने उत्खननबाट भेटिनेछ ।