नेपाल प्रहरीको इतिहासमै पहिलोपल्ट महिला एआइजी बनेकी छन् । प्रहरी संगठन स्थापनाको ६३ वर्षपछि डा. दुर्गा थापाले पहिलो महिला एआइजी हुने सौभाग्य पाएकी छन् ।
प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापालाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीमा बढुवा गरेको हो । उनलाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाई दिएका छन् ।
उनलाई गत २४ असोजमा बसेको बढुवा समितिको बैठकले एआइजी बढुवामा सिफारिस गरेको थियो । सिफारिस भएको करिब एक महिनापछि उनको बढुवा भएको हो । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए ।
मन्त्रिपरिषद्को बैठक बस्न धेरै समय लागेकाले उनको बढुवा लम्बिएको हो । थापा प्रहरी अस्पतालमा कार्यरत छिन् । अब एआइजीका रूपमा उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी समेत सम्हाल्ने छिन् । एआइजीमा पदोन्नति भएकी थापा दन्त चिकित्सक हुन् ।