मुख्य समाचार

गण्डकी प्रदेश समन्वय परिषद सुरु

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मानसिकताका राजनेता र कर्मचारीका कारण अहिले समस्या देखिएको बताएका छन् । उनले व्यवस्था परिवर्तन भए पनि व्यवहार र शैली परिवर्तन नहुँदा जनअपेक्षा अनुरुप काम गर्न नसकिएको बताए । पोखरामा मंगलबारबाट सुरु भएको प्रदेश समन्वय परिषद बैठकमा उनले यस्तो बताएका हुन् । प्रदेश सरकार र स्थानीय सरकार कसरी समन्वय गर्न सकिन्छ भनी बैठक आयोजना गरिएको हो । नेपाल सरकारले १ लाख कर्मचारी भए पनि प्रदेशमा नपठाउन चाहेको… पुरा पढौ

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको औंल्याउनुभयो । अध्यक्ष… पुरा पढौ

प्रदेश २ मा करारमा कर्मचारी भर्ना गरिने

प्रदेश नं २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ सोमबार बहुमतले पारित भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको सो विधेयकमाथि नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख सरोजकुमार यादवले सो विधेयकलाई निर्णयणार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले पारित भएको थियो । कर्मचारी अभावमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन शून्य रहेको दाबी मुख्यमन्त्रीको दाबी विधेयकको पक्षमा सत्ताधारी… पुरा पढौ

गर्भदेखि मृत्युपर्यन्त सुविधा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले ४ प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरूले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना अनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले… पुरा पढौ

गण्डकी प्रदेशमा १३ कार्यालय थपिए

गण्डकी प्रदेश मन्त्रिपरिषद्को सोमबारको बैठकले विभिन्न कार्यविधिसहित कार्यालय खोल्ने निर्णय गरेको छ । बैठकले १ दर्जनभन्दा बढी कार्यविधिसँगै ६ पूर्वाधार र ७ खानेपानीकासहित १३ वटा कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता रामशरण बस्नेतले कार्यविधिमा बालीका मुख्य क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम सञ्चालन, प्रशोधन केन्द्र तथा टिस्युकल्चर ल्याब स्थापना, साना तथा आधुनिक सिँचाइ कार्यक्रम सञ्चालन, कृषि यान्त्रीकरण तथा ग्रिनहाउस निर्माण सहयोग कार्य सञ्चालन, कोल्ड स्टोर, चिस्यान केन्द्र र कोल्ड रुम… पुरा पढौ

रवीन्द्रलाई कालो झन्डा देखाउने विद्यार्थीहरु गिरफ्तार

पोखरा आएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई कालो झन्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनआवद्ध विद्यार्थीहरु गिरफ्तार भएका छन् । नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाई, विद्यार्थी नेताहरु रेशम सापकोटा, कृष्ण अधिकारी, नरेन वत्सेल, विशाल तिमिल्सिना लगायलाई प्रहरीले पक्रेको हो । शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक र संवैधानिक अधिकारलाई सरकारले कुल्चेको नयाँ शक्ति कास्की संयोजक किरण थापाले प्रतिक्रिया दिए । उनले राज्य भ्रष्टाचारको रक्षक बन्नु विडम्बडापूर्ण हुने भन्दै विद्यार्थी नेताहरुको… पुरा पढौ

राष्ट्रसेवकका नाममा

अचेल मन निर्बम बनेको छ,लोकतन्त्र ले देश मा विडम्बना सुरुवाती गर्यो भन्न मन लाग्छ,कानुन पकेटमा राखेर तमासा सुरु हुन्छ चोकमा । कालो धन्दा गर्ने व्यक्ति पक्रनु भन्दा पहिला उसको  पहुच को खोजी गर्छ प्रशासन । कर्मचारी अर्थात स्थाई सरकार पनि राजनीति कै शरणमा परे,संस्थान,प्राधिकरण वा अन्य सरकारी निकाय  हरु त मन्त्री का “प्ले ग्राउण्ड “ नै बने । लाभको पद खाने हरुको त झन् के कुरा ? उच्च अधिकृत त… पुरा पढौ

नयाँ शक्तिका नारायणहरि नेकपामा

नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरि तिवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १(क) का उम्मेद्वारसमेत रहेका तिवारी शनिबार नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेकपा जिल्ला संयन्त्र कास्कीका सदस्य बखानसिंह गुरुङले पार्टीमा स्वागत गरे । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०७२ मा नयाँशक्तिमा प्रवेश गरेका थिए । नेकपा नेता बखानसिंह गुरुङ ‘आभाष’ले समृद्धिको यात्रामा सहयात्रा गर्न आएका तिवारीलाई… पुरा पढौ

अबको संसदमा संविधान संशोधन प्रस्ताव

उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताएका छन् । उनले अहिले आफूहरू तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने उल्लेख गरे। पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको उनको जिकिर छ । अहिले संविधान संशोधन प्रक्रियामा रहेको उनले उल्लेख गरे । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको उनले बताए । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने… पुरा पढौ

दूधे बालिका अपहरण गरी बलात्कार गर्नेलाई जेल

८ महिने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी आठ महीने सोनालीलाई औरही बजारमै रहेको आफ्नै फैन्सी स्टोरमा आमा इन्द्रेश ग्राहकसँग सामान बेच्न लागेको व्यस्त मौका छोपी भरतले पसलबाटै अपहरण गरी लगेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं