
अचेल मन निर्बम बनेको छ,लोकतन्त्र ले देश मा विडम्बना सुरुवाती गर्यो भन्न मन लाग्छ,कानुन पकेटमा राखेर तमासा सुरु हुन्छ चोकमा । कालो धन्दा गर्ने व्यक्ति पक्रनु भन्दा पहिला उसको पहुच को खोजी गर्छ प्रशासन । कर्मचारी अर्थात स्थाई सरकार पनि राजनीति कै शरणमा परे,संस्थान,प्राधिकरण वा अन्य सरकारी निकाय हरु त मन्त्री का “प्ले ग्राउण्ड “ नै बने । लाभको पद खाने हरुको त झन् के कुरा ? उच्च अधिकृत त कर्तुत छोप्न राजनीतिको आढ़ लाग्छन नै, लाग्छ सधै सोचिरहदा यो सपना बनोस तर यस्तो हैन यो उदेक लाग्दो वास्तविकता हो । देशको स्थाई सरकार भनिने कर्मचारीतन्त्र यति लम्पट बन्यो जुन सबै भन्दा उदेक लाग्दो बिषय हो । मियो बिना नि दाहि सम्भब भएको छ देशमा। राजनीतिक संक्रमणमा सबै कुरा चुस्त खोज्नु तेती जाहेज हैन तर तर राज्यको ढुकुटी बाट बर्षौ देखि तलब सुबिदा लिएर पनि देशप्रति निभाउनु पर्ने भूमिका ननिभाउनु गम्बिर समिक्षाको बिषय हो। तरंगित राजनीतिमा आफु लाई “एडजस्ट” गर्नु सिबाय अरु केहि सफलता कर्मचारीतन्त्रले पाएको झैँ मलाई लाग्दैन जुन सबैभन्दा लज्जाको बिषय बन्न पुग्यो। विभिन्न निगम, बिभाग हरु यसका ताजा उदाहरण रहे । जनचासो र जनसरोकार का यी य यस्ता निकायमा यस किसिमको अनियमितता बाहिर अौनु एक राष्ट्र सेवक कति सम्म राष्ट्र प्रति निर्बम बन्न सक्छ भन्ने उदाहरण मात्र बन्न सक्छ । प्राय: बेवास्था परिवर्तन संगै कर्मचारीतन्त्र लाई नि अनिवार्य अवकाश या न्या कुनै मध्यम बाट ब्यापक परिवर्तन गरिन्छ तर नेपाल तेस्तो देश बन्यो जहाँ पुरानो कर्मचारी संयन्त्र न भंग भयो न रुपान्तरण नै जसको सिकार जनता र स्रोत साधन हरु बनिरहे ।
राजनीतिका विभिन्न चरण हरु हुन्छन साम्यवाद ,समाजबाद ,पुजिबाद वा अन्य, तर नेपाल को कर्मचारी तन्त्र यसरि आफुलाई रुपान्तरण गर्यो कि उसको एक मात्र बाद भनेको अवसरबाद मात्रै हो।
जबकी कर्मचारीको मूल मन्त्र वा बाद भनेको एुटा मात्रै हुनु पर्ने जनाअकांक्षा अनुरुप सेवाप्रदान । नेपाल को कर्मचारीतन्त्र चुक्यो,परदर्सिता ,गुणस्तरीयता र सृजनसिलता देखाउने बेलामा छेपारो जस्तो राजनीति र सत्ता संगै रंग परिवर्तन गर्यो । जनभावना अनुसार असल नागरिक को परिचय दिनसमेत राष्ट्र सेवक चुके भन्न हिच्किचाउनु पर्दैन । देशको बेवास्था परिवर्तन भए संगै बस्ताबमा कर्मचारीतन्त्र ले आफ्नु कर्यकुसलता वृद्धि गरि आर्थिक सामाजिक चुनौती हरुको सामना गर्न उच्चस्तरिय कार्यक्षमता प्रदर्सन गर्नु पर्थ्यो जसले गुणात्मक एबं परिणात्मक आधारमा क्षमता वृद्धि गरि आफ्नो अस्तित्व एबं सांगठनिक साख जोगाइराख्न सक्थ्यो यद्यपी यो कुरा हाल सम्म पनि बुझे जस्तो नदेखिनु निकै उदेक लाग्दो बिषय बन्न पुगेको छ । पेशागत स्तरीकरणले उच्चतम कार्यसम्पादन गर्न बल पुग्छ नै,यसलाई आधार मानि कार्यसम्पादन मापन गर्दा आवश्यक सूधारलाई समेत सघाउ पुग्न जाने कुरामा दुबिदा छैन,यद्यपी पेशागत स्तरीकरण भन्दा राजनीतिकरण नै अहिलेको चुनौती बनिरहेको कुरा सबै सामुन्य छर्लंगै छ । विज्ञता को खिल्ली उडेको छ बजारमा,”नेपोटिजम” ले विज्ञता लाई छेउ लागाउने स्थिति बन्यो,कर्मचारीतन्त्र ले यो गलत बाटोको बिरोध गरेन बरु आफुलाई थप परिमार्जित गरेर यसमा आफु लाई बिलिन गरायो,जुन इतिहास ले जति बिन्ति गरेनी क्षमा दिन नसक्ने कुरो हो। नवप्रबर्तनात्मक कार्य भन्दा पुराना प्रबिर्ती र झन्झट हरु लाई निरन्तरता दिनै मा कर्मचारीतन्त्र अब्बल देखियो,परिवर्तन लाई झन्झट कै रुपमा ग्रहण गर्ने प्रवृति हावी हुदै गयो ,यसले जनकेन्द्रित सेवा को मूल मर्म नै धराप मा परेको भान हुन्छ । नियम मिचेर ‘आफ्ना’को कार्य गर्ने र अन्य लाई झन्झट दिने हरुले कर्मचारीतन्त्र को परिभाषा नै परिवर्तन गर्दिए । पेशागत स्वायत्तता कर्मचारी तन्त्र को एुटा स्तम्ब नै हो यद्यपी यो मुद्धा येत्तिका बेवास्था परिवर्तन हुदा पनि गौड नै रहिरह्यो। यसले कर्मचारी को क्रियाशीलता र प्रतिस्प्रधात्मक क्षमता मा ह्रास मात्रै ल्याई रहयो । यो कारण ले कर्मचारी तन्त्र ले जनसेवा लाई चुस्त र पारदर्शी बनाउन सकेन जुन कुराले येतीका बेवास्था परिवर्तन हुदा पनि जनाता ले परिवर्तन को आभास दिलाउन सकेन । सामाजिक प्रणालीमा विद्यमान बिकृति तथा कमीकमजोरीलाई हटाई समयको माग अनुसार सेवा प्रणाली लाई पारदर्शी ,परिणाममुखी ,सरल, सहज, गुणस्तरीय ,मितव्ययी बनाउने कार्यबार कर्मचारी तन्त्रको पनि हो,यद्यपि चुक्यो,परिणामस्वरुप राजनीतिज्ञ ले यसको फाइदा उठाए,र कर्मचारी लाई उपयोग गर्ने प्रबिर्ती बढ्यो । यसले राजनीति र कर्मचारी दुबैलाई विकृत तुल्यायो,र कर्मचारी र जनता बीच ठुलो खाडल कायम छ,जुन खाडल पुर्न निकै चुनौती पूर्ण छ । उच्च तह मा कार्यरत कर्मचारीहरुले आफु अनुकुल राजनीति र राजनीतिज्ञ ले आफु अनुकुल कर्मचारी प्रयोग गरेर सिंगो सार्वजनिक प्रशासन कै बदनाम गर्न उद्धत छन । यी दुइ खाले प्रवृतिको सिकर हुन बाट बच्न अब हरेक कर्मचारी जुर्मुराउन आवश्यक छ,जुन निकै ढिला भैसकेको छ।