रवीन्द्रलाई कालो झन्डा देखाउने विद्यार्थीहरु गिरफ्तार

पोखरा आएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई कालो झन्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनआवद्ध विद्यार्थीहरु गिरफ्तार भएका छन् ।

नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाई, विद्यार्थी नेताहरु रेशम सापकोटा, कृष्ण अधिकारी, नरेन वत्सेल, विशाल तिमिल्सिना लगायलाई प्रहरीले पक्रेको हो ।

शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक र संवैधानिक अधिकारलाई सरकारले कुल्चेको नयाँ शक्ति कास्की संयोजक किरण थापाले प्रतिक्रिया दिए । उनले राज्य भ्रष्टाचारको रक्षक बन्नु विडम्बडापूर्ण हुने भन्दै विद्यार्थी नेताहरुको शीघ्र रिहाइको मागसमेत गरेका छन् ।