मुख्य समाचार

अबको संसदमा संविधान संशोधन प्रस्ताव

उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताएका छन् । उनले अहिले आफूहरू तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने उल्लेख गरे। पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको उनको जिकिर छ । अहिले संविधान संशोधन प्रक्रियामा रहेको उनले उल्लेख गरे । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको उनले बताए । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने… पुरा पढौ

दूधे बालिका अपहरण गरी बलात्कार गर्नेलाई जेल

८ महिने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी आठ महीने सोनालीलाई औरही बजारमै रहेको आफ्नै फैन्सी स्टोरमा आमा इन्द्रेश ग्राहकसँग सामान बेच्न लागेको व्यस्त मौका छोपी भरतले पसलबाटै अपहरण गरी लगेका… पुरा पढौ

वडाध्यक्षमाथि बलात्कार आरोप

  तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गरेकी हुन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानुन अनुसार अनुसन्धान गरिने बताए । उनका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ ।… पुरा पढौ

बाबु–छोराबाट १५ वर्षीया बालिका पालैपालो बलात्कृत

एक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट तीन बाबु–छोरासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादहका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली छन् । उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् । राम्रोसँग बोल्न नसक्ने… पुरा पढौ

पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

 धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ ।परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापनाका लागि आठ हजार वर्गफिटको गोलाकार जग निर्माण कार्य भइरहेको छ । नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति… पुरा पढौ

तीर्थयात्री महंगा होटलमा, मुक्तिनाथको धर्मशाला बन्द

हिन्दू धर्माबलम्बीको तीर्थयात्रा गर्ने ठाउँको सूचिमा मुक्तिनाथ छुट्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गरेपछि यसको संसारभर थप प्रसार भयो । सडक यातायातको सहज पहुँचपछि सिन्डिकेट हटेको छ । पोखरा, राजधानी लगायत देशका मुख्य सहर सडकमार्गबाट मुस्ताङसँग जोडिएका छन् । बिदा मनाउन, फिल्म छायांकन गर्न, अचम्मको भूगोल नियाल्न अनेक उद्देश्यले यहाँ आउनेको संख्या बढिरहेको छ । पर्यटकीय सिजन र सोह्रश्राद्धका बेला मुस्ताङमा बास पाउन पनि मुस्किल पर्छ । सिमित होटलका… पुरा पढौ

कास्की कांग्रेसमा थपिए ११ सदस्य

नेपाली कांगे्रस कास्कीमा ६ जिल्ला सदस्य र ५ जना आमन्त्रित जिल्ला सदस्य मनोनीत भएका छन् । जिल्ला सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेका हुन् । जिल्ला सदस्य मनोनित हुनेमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्दज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् ।आमन्त्रित जिल्ला सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल मनोनीत भएका छन् ।… पुरा पढौ

मुस्ताङमा पहिलो पल्ट हिउँ चितुवाको अध्ययन

दुलर्भ जनावर हिउँ चितुवा विश्वका १२ मुलुकमा मात्र पाइन्छ । नेपालमा ३ सयदेखि ५ सयसम्म हिउँ चितुवा रहेको अनुमान छ । यसको संरक्षणका लागि मुस्ताङमा पहिलो पटक प्रारम्भिक अध्ययन भएको छ । डब्लुडब्लुएफ र सडक विभागको वातावरण हेर्ने इकाइको विज्ञ टोलीले मुस्ताङ आएर यसको अध्ययन गरेको हो । आइतबार आएको टोलीले मंगलबारसम्म हिउँ चितुवाबारे अध्ययन गरेको हो । केही वर्षअघि एसएससी स्नो लियोपार्ट कन्जरभेन्सी कार्यक्रमको अध्ययन अनुसार मनाङ र मुस्ताङमा… पुरा पढौ

पोखराका योजना व्यवस्थित गर्न सफ्टवेयर

पोखरा महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरको मंगलबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफ्नै एकाउन्ट बनाएर सफ्टवेयर सुरुआत गरे । जिसीले सरोकारवालालाई कामप्रति जिम्मेवार बनाउन सफ्टवेयर निर्माण गरिएको बताए । सिस्टमको विकास गरेर योजनाका कामलाई पारदर्शी र व्यवस्थित बनाउन यसले सहयोग पु¥याउने उनको भनाइ छ । पहिलो चरणमा पूर्वाधार विकास कार्यक्रममा समावेश गरिएको योजनालाई सफ्टवेयरमा राखिने र क्रमशः अन्य विषयका कार्यक्रमलाई समेटिने ‘सफ्टवेयर… पुरा पढौ

अब केबलकार चढेर पञ्चासे

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासे जान ३/४ वटा बाटा छन् । पोखरा नजिकै रहेको पञ्चासेको सौन्दर्यमा रम्न चाहनेका लागि चाडै नयाँ मार्ग थपिँदै छ । पञ्चासे केबलकार परियोजनाले १० अर्ब खर्चेर केबलकारसहितका संरचना बनाउन लागेको हो । ६ वर्षभित्र केबलकारबाट धार्मिक एवं पर्यटकीय महत्वको पञ्चासे पुग्न सकिने परियोजना अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ माघबाट निर्माण सुरु गरी २०८२ सम्ममा केबलकार चलाउने परियोजनाको तयारी छ । घाँटीछिनाबाट केबलकार चढेर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं