उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताएका छन् ।
उनले अहिले आफूहरू तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने उल्लेख गरे। पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको उनको जिकिर छ । अहिले संविधान संशोधन प्रक्रियामा रहेको उनले उल्लेख गरे ।
स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको उनले बताए । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने पक्षमा सरकार अघि बढेको उनले जनाए ।