गण्डकी प्रदेश समन्वय परिषद सुरु

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मानसिकताका राजनेता र कर्मचारीका कारण अहिले समस्या देखिएको बताएका छन् । उनले व्यवस्था परिवर्तन भए पनि व्यवहार र शैली परिवर्तन नहुँदा जनअपेक्षा अनुरुप काम गर्न नसकिएको बताए ।

पोखरामा मंगलबारबाट सुरु भएको प्रदेश समन्वय परिषद बैठकमा उनले यस्तो बताएका हुन् । प्रदेश सरकार र स्थानीय सरकार कसरी समन्वय गर्न सकिन्छ भनी बैठक आयोजना गरिएको हो ।

नेपाल सरकारले १ लाख कर्मचारी भए पनि प्रदेशमा नपठाउन चाहेको बताए । स्थानीय तहहरुलाई एकलौटी र मनोमानी निर्णय नगर्न पनि उनले सुझाए । स्थानीय तह र प्रदेश स्वतन्त्र भएको भ्रममा नवस्न अनुरोध गर्दै उनले भने, हामी स्वायत्त हौं, स्वातन्त्र होइन ।

२ दिन चल्ने बैठकको पहिलो दिन ५ विषयमा पेश भएका छन् । बैठकमा गण्डकीका ८५ स्थानीय तहका प्रमुख र उप्रमुख सहभागी छन् ।