कसरी आयो बाढी ?

रसुवामा पानी नपरेकाले वर्षात्का कारण बाढी नआएको पक्का छ । विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले तिब्बतमा हिउँपहिरोले नदी थुनिएको र अहिले हिउँ पग्लिएका कारण रसुवामा बाढी आएको अनुमान गरेकी छन् ।

बाढी आएपछि मात्र नेपालमा थाहा हुने अवस्था अन्त्य गर्न दुवैतिरका सरकारबिच यसबारे छलफल हुने वातावरण निर्माण गर्नुपर्ने भएको छ । बाढीबाट रसुवागढीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको छ । तिब्बतबाट बिहान पौने ९ बजे बाढी प्रवेश गरेको थियो । सरकारी निकायले ९ बजेतिर मात्र सूचना पाएका थिए ।