नेकपाले छान्यो समानुपातिक सांसद, को को छानिए ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसदहरुको नाम सिफारिस गरेको छ।

नेकपाले समानुपातिकतर्फ ९ सिट जितेकोमा ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको हाृे । बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा सूचीमा छन्।

नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेकाले प्रतिनिधिसभामा यसका १७ सांसद रहनेछन्।