लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ मतले उनी पराजित भएका हुन् ।
केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र पाए । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।




