मुख्य समाचार

विनोद चौधरी बने सांसद

नवलपरासी १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् । उनले २९ हजार ४९५ मत पाए । यस्तै जनता प्रगतिशील पार्टीका हृदये त्रिपाठीले २२ हजार ३०८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका छन् । पुरा पढौ

देउवाको क्षेत्रमा स्वतन्त्रको जित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका हुन्। बोहराले १० हजार ९ सय ७० मत पाए। बोहरा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री हुन्। पुरा पढौ

नयाँ तरिकाले विजयोत्सव मनाउँदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्। रविले विजय जुलुस नगरी आज र भोलि धन्यवाद सभा गर्ने भएका छन् । ८३९५६ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६४ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाए। लामिछानेले निकटतम… पुरा पढौ

एमाले महासचिवलाई हराउने रेखाको राजनीतिक रेखा

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । अन्तर १९६ मत छ । यस पटक दुई दलका महासचिव पराजित भएका छन् । यसअघि लमजुङमा एमाले उपमहासचिव… पुरा पढौ

गोरखा २ मा प्रचण्डको जित, रास्वपा दोस्रो

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो… पुरा पढौ

सोलुखुम्बुमा एमालेको सरप्राइज, बलबहादुर हारे

कहिल्यै नजितेको सोलुमा नेकपा एमालेले सोलुखुम्बुमा इतिहास रचेको छ । एमालेले सत्ता गठबन्धनका प्रभावशाली उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गरेको छ । स्थानीय तहको मत अनुसार आधाभन्दा कम रहेको एमालेले सोलुखुम्बुमा सरप्राइज दिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज मानवीर राई बलबहादुर केसीलाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । मानवीरले १९३२४ पाउँदा बलबहादुर केसी १६५४५ मा रोकिए । दुईबीचको मतान्तर २७७९ छ । यसपटक… पुरा पढौ

पीएसलाई बधाई दिँदै देवले भनेः वामहरू एक ठाउँ होऔं

निर्वाचनमा पराजित माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिएका छन् । पीएससँग देव गुरुङ लमजुङ प्रतिनिधिसभामा ३१८८ मतले पराजित भएका हुन् । बिहीबार बिहान पृथ्वीसुब्बा बसेको होटल पुगेर देवले बिहान बधाई दिएका हुन् । भेटमा देव गुरुङले वामहरू एक हुनुपर्ने भएकाले त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरेका थिए । पुरा पढौ

उपेन्द्रलाई हराउँदै सीके राउतको सानदार जित

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । पुरा पढौ

चुनावअघि समाजवादी छाडेका गणेशमान सांसद

कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् । उनले १४ हजार ४ सय ७३ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले ९ हजार ६ सय ६२ मत पाए । राप्रपाका केदारनाथ पौडेलले ३६९७ मत ल्याएका छन् । गुरुङ एमाले छाडेर २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम पार्टीमा प्रवेश गरेर निर्वाचनमा उम्मेदवार भएर पराजित भएका थिए ।… पुरा पढौ

८० वर्षमा बाग्लुङबाट चुनिए चित्रबहादुर

बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। बुधबार दिउँसो सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत पाएर जित हात पारेका छन् भने एमालेका सूर्यप्रसाद ठाकुरले १८ हजार ८ सय २५ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८२ मत पाएका छन्। यसपालिको प्रतिनिधि सभामा जनमोर्चाको यो पहिलो जित हो। ८० वर्षका केसी प्रतिनिधि सभामा हालसम्म निर्वाचित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं