वाम एकताका लागि माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थीसँग एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य छन् । शनिबार बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो ।

कार्यदलले एकीकृत समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत लगायत सबै वामपन्थी दलसँग एकताका लागि छलफल गर्ने जनाइएको छ ।

बैठकले माघ ११ गते स्थायी समिति बैठक र माघ १५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।