मुख्य समाचार

जनयुद्धले हुर्काएकी योद्धाको माछापुच्छ्रेमा उपाध्यक्षमा उम्मेदवारी

प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले माओवादी केन्द्रको तर्फबाट कास्कीको माछापुच्छ्रेमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । त्यति बेला कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो । लाहाचोकको उनको घर तत्कालीन माओवादी कार्यकर्ताको आश्रय स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर बनेको थियो उनको घर ।माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे उनको घरमा । उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् । नयाँहरु… पुरा पढौ

आइतबार पोखरामा गठबन्धनको चुनावी सभा

पोखरामा भोलि पाँचदलीय गठबन्धनले बृहद चुनावी आमसभा गर्ने भएको छ । पाँचदलीय गठबन्धनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी भोलि आईतबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिइएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा… पुरा पढौ

गठबन्धनको वाचा: युवा व्यवसायीलाई १० लाखसम्म स्टार्ट अप लोन

पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्नका लागि महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन् । यस्तै स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि रोजगारीका अवसर सिर्जना गर्ने उनीहरुको योजना छ । आफूहरु निर्वाचित भएमा मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने उनीहरुले जनाएका… पुरा पढौ

अनुभवी र सफल उम्मेवारको जित पक्का छः अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई अत्यधिक मतका साथ जिताउन आग्रह गरेका छन् । एमाले पोखरा ३१ ले शुक्रबार बेगनासताल मोहोरीयामा मेयर र उपमेयरका उम्मेदवार परिचयसहित आयोजना गरेको आमसभामा अधिकारीले देशको समृद्धि र विकासका लागि नेकपा एमालेको विकल्प नभएको दाबी गरे । उनले एमालेले यस पटक अनुभवी र सफल व्यक्तित्व कृष्ण थापालाई मेयर र देशकै सफल उपमेयर मञ्जुदेवी गुरुङलाई उपमेयरको… पुरा पढौ

मादीमा गठबन्धनको बाचाः बाँदर लखेट्न अभियान चलाउँछौं

गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने प्रतिवद्धता गरेका छन् । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा गुरुङले कृषकलाई बाँदरले निकै दुःख दिएको बताउँदै चुनाव जितेपछि यस्तो अभियान चलाउने बताएका हुन् ‘तपाईंहरुलाई बाँदरले खेती गर्न पनि दिएको छैन । खेती लगायो सबै सखाप पारिदिन्छ । चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भने । चुनाव जितेपछि कृषि, पर्यटन र… पुरा पढौ

चुनावताका देशैभरका स्कुल ६ दिन बिदा

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो। सो निर्देशनअनुसार देशैभरका सामुदायिक… पुरा पढौ

सहमतिमा उम्मेदवार फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट विभिन्न पदमा उम्मेदवार दिएकाहरुले सहमतीमा उम्मेदवारी फिर्ता गरेका छन् । पोखरा महानगर, पालिका र मादी गाउँपालिका विभिन्न वडा सदस्य पदमा २४ जनाले दिएको उम्मेदवार फिर्ता भएको प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।विज्ञप्ति पुरा पढौ

स्रोत यही छन्, इच्छाशक्तिले पोखरा बनाउँछौंः आचार्य

गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यले सबै मिलेर नै पोखरा बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका ७ र १७ को घरदैलोमा उनले एक व्यक्ति वा एक राजनीतिक दलले मात्र पोखरा बनाउन नसक्ने र पोखरा बनाउनका लागि सबैको साथ र समर्थनको आवश्यकता हुने जनाएका हुन् । उनले गठबन्धनको घोषणा पत्रमा उल्लेख गरेका सबै विषयलाई ५ वर्षमा पूरा गर्ने लक्ष्यका साथ चुनावी मैदालनमा होमिएको सुनाए । ‘आजसम्म जुन ढंगले अभिभावकत्व प्रदान… पुरा पढौ

गठबन्धनका उमेद्वारको घोषणा: ६ महिना भित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा

गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन् । पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधा सहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन् । विद्यालय स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल

पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदै छ । प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न र प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् । मुख्यमन्त्री… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं