मुख्य समाचार

ललितपुर–१ नवराज सिलवाललाई हराउँदै कांग्रेसका राणाको जित

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए । पुरा पढौ

म्याग्दीको प्रदेशसभा २ मा माओवादीको जित

म्याग्दीको प्रदेशसभा क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली सुविन निर्वाचित भएका छन् । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका छन् । १०१ मतान्तरले निर्वाचित रेशम नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् । २०७४ मा मालिका ७ को वडा अध्यक्षमा निर्वाचित जुग्जाली गत वैशाखको स्थानीय तह… पुरा पढौ

रुकुम पूर्वको प्रदेश ‘१’ मा माओवादीका बागी निर्वाचित

रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार निर्वाचित भएका छन् । रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै बागी उम्मेदवार सुरुल पुन विजयी भएका हुन् । विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए । पुरा पढौ

सप्तरीमा पूर्व मन्‍त्रीलाई पराजित गर्दै जनमत पार्टीको जित

सप्तरीकै २ (२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादीमा सक्रिय महेश पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार बनेका थिए । उनले पूर्व सिंचाईमन्त्री उमेश यादवलाई ६ हजार ३ सय २ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् । विजयी महेशले १३ हजार ३ सय २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी माओवादीका यादवले ७ हजार २३ मत प्राप्त गरे । सप्तरी २… पुरा पढौ

बागमतीका सभामुख पराजित, काठमाडौंमा राप्रपाको पहिलो जित

बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा ९क० मा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुनिल केसीसँग पराजि भएका हुन्। प्राप्त परिणामअनुसार केसी ६ हजार ५९८ मतसहित विजयी हुँदा श्रेष्ठ ५ हजार ७९ मतमा समेटिएका छन्। यो प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका ध्रुव केसी ३ हजार ८४७ मतमा समेटिए। श्रेष्ठल २०७४ मा यही क्षेत्रबाट विजयी भएर बागमती प्रदेशसभाको सभामुख भएका थिए। श्रेष्ठ २०५४ सालमा जिल्ला… पुरा पढौ

कैलाली ३: माओवादीलाई हराउँदै नागरिक उन्मुक्तिको जित

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने बताएका छन् । मतदाताको धारणा बुझ्न प्रत्येक घरमा पुग्ने उनले बताए । विजयी भएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘म तपाईंहरुको घरदैलोमा आउँदैछु, प्रत्येक घरमा । तपाईंहरुको योजना के छ, वस्तुस्थितिबारे बुझ्ने छु । त्यही योजना अनुसार काम अगाडि बढाउने छु ।’ मतदाताकै चाहना अनुसारको काम गर्ने उनको भनाइ थियो… पुरा पढौ

समानुपातिकतर्फ एमालेअघि, घन्टी तेस्रो

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले २७ हजार १६० मत पाएको छ । चौथो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ ।… पुरा पढौ

कैलाली १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

स्थानीय तहको निर्वाचनअघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीनटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ। नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ ले क्षेत्र नं १ मा १८५७ मतसहित अग्रता लिइरहेकी छिन्। उनलाई कांग्रेसका रामजनम चौधरी ११९९ मतसहित पछ्याइरहेका छन्। एमालेका तपेन्द्र रावलको जम्मा ४२ मत छ। कैलाली २ नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २८१ मत ल्याएका छन्। गठबन्धन उम्मेद्वार माओवादी केन्द्रका भगत बडुवालले ९४ र नेकपा एमालेका झपट रावलले ६९ मत… पुरा पढौ

मनाङमा कांग्रेसको क्लिन स्वीप

एमालेको गढ भत्काउँदै मनाङमा कांग्रेसले नयाँ इतिहास रचेको हो । प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका हुन् । उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । टेकबहादुरको २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देनले २ हजार २ सय ४७ मत ल्याए । ०७० सालको निर्वाचनमा पोल्देन छोपाङ गुरूङ प्रतिनिधिसभा सांसद भएका थिए । उनी ०७४ सालको निर्वाचनमा टेकबहादुर गुरुङसँगै पराजित भएका थिए । मनाङको प्रदेश सभा कमा… पुरा पढौ

ललितपुर २ बाट एमालेले खोल्यो खाता

ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो स्थानमा छन् । यस्तै राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं