मुख्य समाचार

‘संघीयता मजबुत बनाउन गठबन्धनलाई मत’

पोखरा, २९ असोजकास्की २ का गठबन्धनका उम्मेदवारको परिचय कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको परिचय कार्यक्रम भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं… पुरा पढौ

सत्ता गठबन्धन छाडेपछि जसपाका चार मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका हुन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनवामा जसपा सत्ता गठबन्धनमै रहेर जसपाले चुनाव जाने तयारी गरे… पुरा पढौ

एमाले छाडेका प्रभुलाई माओवादीको समर्थन

नेकपा माओवादी केन्द्र रौतहट रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमाले छाडेका प्रभु साहलाई समर्थन गर्ने निर्णय लिएको छ। सत्ता गठबन्धनबाट आफ्नो भागमा परेको रौतहट ३ मा उठाइएका उम्मेदवार धीरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सर्मथन गर्ने निर्णय मा‌ओवादी मधेश प्रदेक कमिटीले गरेको हो। बिहीबार बसेको पार्टीको प्रदेश कमिटीको बैठकले यस्तो निर्णय लिएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय बुधबारै सकिएको छ। यस्तोमा पटेलले अब आफ्नो… पुरा पढौ

गण्डकी सरकारलाई आयोगले स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले बिहीबार गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको हो। ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तहका कर्मचारीको वृत्तिविकास सम्बन्धमा दीर्घकालीन असर गर्ने प्रकृतिका कार्य किन गर्नु परेको होरु तहाँ कार्यालयबाट अगाडि बढाउन खोजिएको प्रक्रिया सञ्चालन गर्दा प्रचलित कानुनबमोजिम कर्मचारीको बढुवा तथा तहवृद्धि गर्दा अपनाउनुपर्ने सिद्धान्तहरूको पालना हुने सुनिश्चितता छ, छैनरु,’… पुरा पढौ

बागलुङमा कांग्रेसका बागीको उम्मेदवारी फिर्ता, चित्रबहादुरलाई सहज

बागुलङ १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् । यहाँको उम्मेदवारी राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यहाँ उम्मेदवार छन् । यहाँ प्रदेश सभाका दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् । पुरा पढौ

प्रचण्डविरुद्धको बागी भट्टको उम्मेदवारी फिर्तां

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता भएको छ। गोरखा २ मा कांग्रेसकी माधवी भट्ट पराजुलीले दाहालविरुद्ध प्रतिनिधिसभा सदस्य चुनावमा बागी उम्मेदवारी दिएकी थिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु। उम्मेदवारी फिर्ता लिए पनि यहाँहरूको म प्रतिको विश्वास र भरोसा कहिल्यै टुट्न दिने छैन।’ पुरा पढौ

महादेवले फिर्ता लिएनन् उम्मेदवारी, श्रीनाथलाई सकस

कास्की २ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले उम्मेदवारी फिर्ता लिएनन् । उनर्ले , सिद्धान्त र निष्ठाको पक्षमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी कायम राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई उनले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको जनाउँदै फिर्ता नभएको सुनाए । कांग्रेस कास्कीका पूर्व सभापतिसमेत रहेका गुरुङ २०५६ मा पर्यटन राज्य मन्त्री बनेका थिए । उनको नाम समानुपातिकमा सिफारिस भए पनि पछि काटिएको… पुरा पढौ

दीपक मनाङे प्रदेशसभामा निर्विरोध

राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध भएका छन् । गण्डकीका युवा तथा खेलकुद मन्त्री उनले मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार थिए । उनीसँग प्रतिस्पर्धामा रहेका अर्का स्वतन्त्र उमेदवार दोर्जे लामा गुरुङले उमेदवारी फिर्ताका लागि आवेदन दिएका छन् । सत्ता गठबन्धन र एमालेबाट यहाँ उम्मेदवार छैनन् । निर्विरोधको औपचारिक घोषणा हुन भने बाँकी छ । पुरा पढौ

एमाले नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपासँगको तालमेलबाट रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जसपाले पाएको सबै क्षेत्रमा पनि शाहको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् । ‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो… पुरा पढौ

कास्की २ मा महादेव गुरुङको बागी उम्मेदवारी

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङको प्रस्तावक र समर्थकमा बालगोपाल श्रेष्ठ र सूर्य लम्साल छन् । सत्ता गठबन्धनमा कास्की २ नेकपा एकीकृत समाजवादीले पाएको छ । यहाँ समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् । आफैं फाइल बोकेर निर्वाचन कार्यालय आएका गुरुङले आफू कांग्रेसकै उम्मेदवार भएको दाबी गरे । उनले भने, ‘यहाँ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं