प्रदेश १ का वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनी ५६ वर्षका थिए ।
केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान मृत्यु भएको हो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले बताए ।
मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।






