मुख्य समाचार

खगराजले दर्ता गरे मनोनयन

ण्डकीमा भावी मुख्यमन्त्री मानिएका नेकपा एमालेका नेता खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन् । अधिकारी कास्की क्षेत्र नम्बर १ ‘क’ मा चुनाव लड्न लागेका हुन् । उनको प्रस्तावकमा टीकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी छन् । पुरा पढौ

एमालेको समर्थनमा उम्मेदवार बन्छुः दीपक मनाङे

गण्डकीका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता गठबन्धन छाडिसकेको जनाउँदै एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्ने बताएका छन् । उनले एमाले समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । डेंगुले बिरामी भएकाले ढिलोमात्र उम्मेदवारी दर्ता गराउने उनको भनाइ छ । ‘म एमालेकै मान्छे हुँ । एमालेकै समर्थनमा चुनावमा उठ्ने हो’ उनले भने । एमालेले मनाङ प्रदेश ‘ख’ खाली राखेको छ । मनाङेलाई कांग्रेसले पनि समर्थन गर्ने जनाएको छ ।… पुरा पढौ

मुख्यमन्त्रीलाई उछिन्दै उनकै पिएले पाए टिकट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले टिकट पाएनन् । डोटीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका तथा नभए प्रदेशसभा सदस्यमा समेत उम्मेदवारको आकांक्षी रहेका सुदूरपश्चिमका मुुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादीले टिकट दिएन । मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले प्रदेशसभा सदस्यमा टिकट पाएका छन् । ओलीले मुुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र डोटी खबाट टिकट पाएका छन् । पुरा पढौ

एमाले नेता बने माओवादीका उम्मेदवार !

झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गरेका छन्। रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् । यसअघि पार्टीका नेता… पुरा पढौ

अर्बपति चौधरीलाई कांग्रेसको टिकट

अर्बपति विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् । २०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । पुरा पढौ

घनश्याम भुसालले छाडे एमाले

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भुसालले एमालेमा नरहने घोषणा गरेका हुन् । ४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाएपनि नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि एमाले छाडेको उनको भनाई छ । उनले अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने उल्लेख पनि गरेका छन् । अध्यक्ष ओलीको कार्यशैलीका आलोचक भुसाललाई यसपालि एमालेले प्रतिनिधिसभाको टिकट दिएन… पुरा पढौ

श्रीनाथ कास्की २ मा गठबन्धनका साझा उम्मेदवार

नेकपा एकीकृत समाजवादी (एस)ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट पाएको नेकपा एसले उम्मेदवारहरू छानेको हो । कास्की क्षेत्र नं. २ मा श्रीनाथ बराल उठ्ने भएका छन् । गण्डकीमा नेकपा एसले १ मात्र संघीय निर्वाचन क्षेत्र पाएको छ । नेकपा एसले प्रदेशमा नवलपुर र स्याङ्जामा १, १ गरी २ क्षेत्र पाएको छ । प्रदेशका उम्मेदवार भने टुंगिन बाँकी छ । कास्की २ का गठबन्धनका उम्मेदवार बराल… पुरा पढौ

गण्डकीमा एमालेले टुंग्यायो उम्मेदवार, खगराज प्रदेशमा, पृथ्वीसुब्बा संघमा

नेकपा एमालेले गण्डकी प्रदेशका उम्मेदवार टुंग्याएको छ । एमालेले पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि प्रतिनिधिसभाकै टिकट दिएको छ । लमजुङबाट प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा जुटेका एमाले उपमहासचिव गुरुङलाई प्रतिनिधिसभाकै टिकट दिने निर्णय भएको हो । लमजुङबाट जमिन्द्रमान घलेको नाम प्रतिनिधिसभामा सिफारिस भएको थियो । तर उनलाई प्रदेशसभाको टिकट दिएर पृथ्वीसुब्बालाई प्रतिनिधिसभातर्फ लगिएको छ ।गुरुङ भने फेरि मुख्यमन्त्री बन्ने गरी प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने अडानमा छन् । गोबिन्दराज जोशी समूहसँग… पुरा पढौ

रामचन्द्र झाले पाएनन् टिकट

नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा टिकटबाट बञ्चित भएका छन् । धनुषा क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्ने आकांक्षा झाले राखेका थिए । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि भएका झा अन्ततः टिकटबाट बञ्चित भएका हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँडमा धनुषा क्षेत्र नम्वर २ नेपाली कांग्रेसको भागमा परेको छ । का‌ंग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव टिकट पाउने लगभग निश्चित छ । झा केहिदिन अगाडी मात्र नेकपा माओवादी केन्द्र… पुरा पढौ

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या आएपछि आज राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएकी हुन्। शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या आएपछि उनी आज शनिबार अस्पताल पुगेको उनका प्रमुख स्वकीय सचिव डा।भेषराज अधिकारीले जानकारी दिए। ‘राष्ट्रपति ज्यु ज्वरो आएपछि परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जानुभएको छ,’ उनले भने, ‘डाक्टरहरूले परीक्षण गरिरहेका छन्। अस्पतालमै बस्ने या फर्किने भन्नेबारे निर्णय जाँचपछि डाक्टरले दिने सल्लाह अनुसार हुन्छ।’ पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं