मुख्य समाचार

पर्यटन र कृषिबाटै समृद्धि सम्भव छ : विश्वप्रकाश

नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने सकिने औंल्याएका छन् । आफूसँग पर्यटन र कृषिबाट समृद्धिको योजना भएको दाबी गर्दै उनले निर्वाचनमा अग्रगामी शक्तिलाई निर्वाचित गराउन आग्रह गरे । लामिछानेले आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको जिकिर गर्दै विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पूरा गर्ने प्रतिवद्धता जनाए… पुरा पढौ

योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्ः लामिछाने

कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन् । विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पु¥याउन मत दिन आग्रह गरे । पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा उनले पोखराका… पुरा पढौ

निर्वाचनपछि एमाले, जसपा र राप्रपाको सरकार, लिङ्देन मन्त्री: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमाले, जसपा र राप्रपाको सरकार बन्ने ठोकुवा गरेका छन्। शुक्रबार झापा ३ मा एमाले–राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले एमालेले ती दललाई साथमा लिएर सरकार बनाउने बताए। ’आउने निर्वाचनबाट एमालेको बहुमत आयो–आयो। र, एमालेको साथमा जसपा, राप्रपा समेतको सरकार बन्छ। बहुमत आयो भनेर एक्लै एमालेले सरकार बनाउने होइन। अरु सहयोगी र सहयात्रीहरूलाई पनि साथ लिएर सरकार बनाउँछ। त्यसपछि सरकारमा राजेन्द्र लिङ्देन गएपछि विकास खोई… पुरा पढौ

जहाँ हुँदै छ सत्ता गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा

देशैभर मोर्चाबन्दी गरी चुनावमा होमिएको पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीच पनि केही क्षेत्रमा प्रतिश्पर्धा हुँदै छ । जसपा गठबन्धनबाट बाहिरिँदा र लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा ल्याउँदा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धाको अवस्था आएको हो। सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाका ११ स्थानमा प्रतिश्पर्धा हुँदै छ । गठबन्धनकै दलहरुबाट दुईजनाको उम्मेदवारी परेपछि प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ९ स्थानमा मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णयमा उनीहरु पुगेका हुन्। गठबन्धनले काठमाडौं क्षेत्र नम्बर… पुरा पढौ

विश्वप्रकाश काबिल हुनुहुन्छ, मौका दिनुस्ः बराल

कास्की क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मदवारी दिएका एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरा १७ को सम्पर्क कार्यालय उद्दघाटन गरेका छन् । कास्की २ (१)मा सत्ता गठबन्धनबाट विश्वप्रकाश लामिछाने र २ (२) मा विन्दुकुमार थापा उम्मेदवार छन् । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा लामिछानेले ऐतिहासिक काम गरेको सुनाउदै बरालले भने, ‘विश्वप्रकाश काम गर्ने मान्छे हुनुहुन्छ, उहाँलाई जनताले मौका दिनुपर्छ ।’ उनले आफूले २०५४ देखि ५९ सम्म कास्की जिविसमा… पुरा पढौ

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ ः ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।  यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी ९धनतेरस० पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद… पुरा पढौ

उसुमा सेनालाई ३ स्वर्ण, सान्सौमा १६ जना फाइनलमा

थाउलु पुरुष ताइची छ्वान अलराउन्डका स्वर्ण विजेता नेपाली सेनाका हरिप्रसाद गोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ३ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, बागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जितेका छन् । बुधबार बिहान भएको पुरुष चायची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर… पुरा पढौ

पदक विजेता ४१ खेलाडीलाई महानगरको सम्मान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीले… पुरा पढौ

बागलुङका उम्मेदवारले थाले चुनावी प्रचार

प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान सुरु गरेको छ । गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन् । पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ । आइतबार उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं