पदक विजेता ४१ खेलाडीलाई महानगरको सम्मान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीले ५ स्वर्ण पदक जितेका छन् भने २ वटा कांस्य तथा ५ रजत पदक जितेका छन् । यी सबै इभेन्टमा सहभागी ४१ जना खेलाडीलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो ।

स्वर्ण पदक विजेतालाई प्रति पदक नगद १५ हजार ९व्यक्तिगत० तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु।५ हजार, कांस्य पदक विजेतालाई प्रति पदक रु।१० हजार ९व्यक्तिगत० तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु।५ हजार र रजत पदक विजेता खेलाडीहरूलाई प्रति पदक नगद रु।पाँच हजारका दरले सम्मान गरिएको हो ।

हलसम्म पुरुष ह्यान्डबल बल ९समूह०, फुल कनट्र्याक्ट करातेका अभिषेक तामाङ र अनीश बुढा, बडि बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै फुल कनट्र्याक्ट कराते कै रूपक नेपाली र शिव भुजेलले कांस्य पदक प्राप्त गरेका छन् । केही खेलमा सहभागी समूहहरूले ५ रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीहरूलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

खेल कै दौरानमा खेलाडीहरूलाई गरिएको सम्मानले थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीहरूको साथैमा रहेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीको असल अभिभावकको भूमिकामा महानगरपालिका रहेको जनाइन् ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमन्त प्रसाद आचार्यले शिक्षासँगै खेलकुद विकासका नियमित कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महानगरपालिकाका यति धेरै खेलाडीहरूको सहभागिता हुनुले आफूलाई निकै खुसी लागेको उल्लेख गरे ।