कास्की क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मदवारी दिएका एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरा १७ को सम्पर्क कार्यालय उद्दघाटन गरेका छन् ।
कास्की २ (१)मा सत्ता गठबन्धनबाट विश्वप्रकाश लामिछाने र २ (२) मा विन्दुकुमार थापा उम्मेदवार छन् । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा लामिछानेले ऐतिहासिक काम गरेको सुनाउदै बरालले भने, ‘विश्वप्रकाश काम गर्ने मान्छे हुनुहुन्छ, उहाँलाई जनताले मौका दिनुपर्छ ।’
उनले आफूले २०५४ देखि ५९ सम्म कास्की जिविसमा काम गरेको सुनाउदै जनताको चाहना अनुसारको काम गर्न गठबन्धन भएको बताए । जितेपछी पोखरालाई पर्यटकीय राजधानी बनाउन लाग्ने उनले सुनाए ।
कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ का गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधानको रक्षाक लागि अहिलेको गठबन्धन बनेको बताए ।
लामिछानेले भने, ‘कास्कीको पर्यटन, आर्थिक, धार्मीक शैक्षिक क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।’
कार्यक्रममा माओवादी केन्द्र कास्की इन्चार्ज राजकाजी गुरुङ, एकिकृत समाजवादीका केन्द्रीय सदस्य दिपक भण्डारी, नेपाली काँग्रेस जिल्ला सदस्य युवक लामिछाने, कास्की २ ‘क’ निर्वाचन परिचालन कमिटी संयोजक दिनेश आचार्य लगायतले बोलेका थिए ।





