पोखरामा जबरजस्ती करणी मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पोखरा २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई कास्की प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई अदालतमा पेस गरी कैद भुक्तानीका लागि कास्की कारागार पठाइएको छ ।
तिवारी २०७६ मा अपांगता भएकी नावालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए । उन २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले सफाई दिएको थियो ।
उच्चले जिल्ला अदालतको फैसला उल्टाई गत बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति दिने सजाय सुनाएको थियो ।





