अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले १५ हजार घूूसहित एक जनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले पोखरा वडा नं. २८ मा कार्यरत सव–इन्जिनियर प्रविन विकलाई पक्राउ गरेको हो । विकलाई १५ हजार घूूस लिइसकेको अवस्थामा पोखरा १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिइएको अख्तियार पोखरा प्रवक्ता भोला दाहालले बताए ।
विकले पोखरा २८ मा जग्गा राम्रो बनाउने गरी बाटो विस्तार गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिएको उजुुरी अख्तियार पोखरामा परेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।






