मुख्य समाचार

राष्ट्रपतिको चुनावी कार्यतालिका तय, को बन्ला उम्मेदवार ?

निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमवार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो । राष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया शुरु हुने जनाए ।उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास… पुरा पढौ

आगो लगाउँदा छोराको मृत्यु, श्रीमती सिकिस्त

बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको… पुरा पढौ

हिरासत तोडेर ६ अभियुक्त फरार

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका छन् । आइतबार राति हिरासत फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुुषका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले फरार भएकाहरुको खोजी भइरहेको जनाए । सवारी दुर्घटनाका एक जना भने फरार भएका छैनन् । प्रहरी ड्युटीमै भएका बेला भवनको कमजोर भाग फोडेर उनीहरू भागेका हुन् । पुरा पढौ

पोखरामा आत्मदाहको प्रयास, घाइतेको उपचार हुँदै

पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा आइतबार आत्मदाहको प्रयास भएको छ । आगोमा जल्दै गरेका काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई स्थानीयले अस्पताल लगेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कृष्णबहादुरले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको र जोगाउन जाँदा सापकोटासमेत घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । केही दिनअघि संसद भवनअघि इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । पछि… पुरा पढौ

भारतमा दुई वटा सैनिक विमान ठोक्किएर दुर्घटना

भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ। मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ। वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए। एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ… पुरा पढौ

श्रममन्त्री अर्याल बने रास्वपा कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय भएको महामन्त्री मुकुल ढकालले बताए । समानुपातिक सांसद अर्याल श्रममन्त्रीसमेत हुन् । पुरा पढौ

रवि लामिछानेका चार पद खारेज, संकटमा रास्वपा

नागरिकता विवादमा सर्वोच्च अदालतले राष्ट्यि स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपालको नागरिक नभएको फैसला गरेसँगै लामिछानेले एकै पटक चार पद गुमाएका छन् । लामिछाने प्रतिनिधिसभा सदस्यसमेत हुन् । चितवन २ बाट निर्वाचित लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री थिए , उनीमाथि प्रतिनिधि सभाको उम्मेदवार बन्दा नै मुद्दा परेको थियो । सो मुद्दामाथि शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तिम फैसला सुनाउँदै उनी… पुरा पढौ

मणिपालको कर्पोरेट योजनामा थप २ प्रतिष्ठान थपिए

पृथ्वी राजमार्ग बस व्यावसायिक सञ्चालक कम्पनी र पिपुल बचत तथा ऋण सहकारी र मणिपाल शिक्षण अस्पतालबीच सहकार्य हुने भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजनामा सहभागिताका लागि दुई प्रतिष्ठान र मणिपालबीच मंगलबार सहमति पत्रमा हस्ताक्षर भएको छ । अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र पृथ्वी राजमार्गको तर्फबाट भरतकुमार मल्लले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यस्तै, पिपुल्स सहकारीको तर्फबाट… पुरा पढौ

पाइलट कुट्ने ६ पक्राउ

प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डंगोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिए । पक्राउ पर्नेमा हेलिकप्टर चढेर पोखरादेखि वालिङ आएका ४ यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र… पुरा पढौ

बाजुरा केन्द्रविन्दु भएर भूूकम्प

बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो । बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताए । भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं