पोखरामा आत्मदाहको प्रयास, घाइतेको उपचार हुँदै

पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा आइतबार आत्मदाहको प्रयास भएको छ ।

आगोमा जल्दै गरेका काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई स्थानीयले अस्पताल लगेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कृष्णबहादुरले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको र जोगाउन जाँदा सापकोटासमेत घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

केही दिनअघि संसद भवनअघि इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । पछि उनको उपचारका क्रममा मृत्यु भएको थियो ।