नेपाल आयुर्वेद व्यवसायी संघ गण्डकीमा नयाँ समिति

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेशको शनिबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनले अधिवेशनबाट विष्णा शर्मा चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।

उपाध्यक्षमा रमेश चापागाईं, महिला उपाध्यक्ष नीरा राना, सचिव राजेन्द्र अधिकारी र कोषाध्यक्षमा रामजीप्रसाद आचार्य चयन भएका छन् । सदस्यमा श्रीकृष्ण विश्वकर्मा, अनिल घिमिरे, परमानन्द भण्डारी, रामराज अधिकारी, प्रवीण ताम्राकार र हरिहर खतिवडा छन् ।
अन्य पदमा सर्वसम्मत चयन भए पनि कोषाध्यक्षका लागि विष्णु बस्याल र रामजीप्रसाद आचार्यबीच प्रतिस्पर्धा भएको थियो । करिब ७० प्रतिशत प्राप्त गर्दै आचार्य विजयी भएका छन् ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकीले आयुर्वेद क्षेत्रको प्रवद्र्धन, व्यवसायको मर्यादा र विस्तारमा जोड दिनुपर्ने बताए । उनले यस क्षेत्रको विकासका लागि राज्यले प्रभावकारी नीति तथा सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

गण्डकी प्रदेश अध्यक्ष डा दीपक भुसालको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव लेखनाथ भुसाल, निवर्तमान अध्यक्ष जंगराज गिरी, पूर्वअध्यक्ष लोकेन्द्र चापागाईं, पूर्व महासचिव किरण शर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण राउत र रमेश चापागाईं, संस्थापक अध्यक्ष राजु पौडेल, केन्द्रीय सचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।