मुख्य समाचार

नेपालमा उत्पादित सवारी साधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने

नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´ले तत्काल समस्या हल गर्न निदेर्शन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग गरेको छलफलमा उक्त निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश प्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका… पुरा पढौ

बारा २ उपेन्द्रलाई पछि पार्दै जनमतको अग्रता

बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहले उछिनेका छन् । करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहले १०८ मतले अग्रता लिएका हुन् । कुशवाहले ८९५ मत प्राप्त गरेका छन् भने यादवले ७८७ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले भने २३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको… पुरा पढौ

चितवन २ : एमालेका रामप्रसादको अग्रता, रवि दोस्रो

चितवन क्षेत्र नम्बर २ को सुरुवाती मतपरिणामअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता बनाएका छन्। इच्छाकामना गाउँपालिकाको मत १ हजार गन्दा एमालेका न्यौपानेले ३६८ मतसहित अग्रता बनाएका हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मतसहित दोस्रो स्थान कायम गरेका छन्। त्यसैगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २९७ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्। कसको मत कति? रामप्रसाद न्यौपाने (सूर्य): ३६८रवि लामिछाने (घण्टी): ३१९जितनारायण श्रेष्ठ (रुख): २९७जीवलाल पुरी (हलो) : ८ पुरा पढौ

बारामा उपेन्द्रको सुरुआती अग्रता

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन्। उनले २२४ मत पाएका छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। उनले १७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्। शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो ।मतगणना करैयामाई… पुरा पढौ

ढल्यो एमाले नेतृत्वको लुम्बिनी सरकार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्। गिरिको प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो। गिरिको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा,… पुरा पढौ

नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागिकानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले निर्देशन दिनुभएको छ। आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधनहुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाईप्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ताभई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका… पुरा पढौ

लाइसेन्सको सर्भरमै विभाग र बिचौलियाको सेटिङ

कास्कीको यातायात कार्यालयमा १ हप्तादेखि काम ठप्प छ । कास्कीका लागि बिभागको सफ्टवेयरमा फारम भरेको १६ दिनमा भिजिट डेट दिइन्छ । यो ए, के, एफ र बि वर्गका लागि हो । अरु वर्गका लागि चाडै पालो आउँछ । तर दिनमै डेढ सयभन्दा बढी कैफियत देखिएका फारम लिएर सेवाग्राही कार्यालय पुग्ने गरेका छन् । २७ चैतमा बिचौलियामार्फत भरिएका फारम खारेज गर्दै लेखन सहयोगीका सटरमा छापा मार्ने तयारी थियो । तर, अचानक… पुरा पढौ

जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना… पुरा पढौ

धर्मराज बने गुप्तेश्वर क्याम्पस प्रमुख

पोखरा १७ मा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा धर्मराज बराज नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको चैत २७ गतेको बैठकले बराललाई प्रमुख नियुक्त गरेको हो । आइतबार क्याम्पसमा आयोजित समारोहमा बराललाई क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम सुुवेदी लगायतले पदस्थापन गराएका छन् । कार्यक्रममा समितिका अध्यक्ष श्रीराम सुवेदी, निमित्त क्याम्पस प्रमुख राजकुमार सुवेदी, पोखरा १७ का पूर्व वडाध्यक्ष तीर्थराज अधिकारी लगायतले बोलेका थिए। यसअघि १ कार्यकाल बराल क्याम्पस प्रमुख… पुरा पढौ

पोखराको मध्य भागमा १९५ थरि झन्डा फहराउने

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब अफ इन्टरनेसनलको आर्थिक सहयोगमा निर्माण गरिने यो पार्क पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्षको अवसरमा शुक्रबार सुरुआत गरेका छन् । प्रमुख आचार्यले ४ तहको प्यारा फट शैलीमा बन्ने पार्कमा सबै देशको नामसहितका पिल्लर र्निाण गरिने बताए । बीचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने भएको छ । ‘यसको संरचना ४ तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ,’ प्रमुख आचार्यले भने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं