टोपबहादुरमाथि एमालेको कारवाही

नेकपा एमालेले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रायमाझीलाई एमालेले कारवाही गरेको हो ।

एमालेले सचिवबाट निलम्बन गरे पनि सांसद र पार्टी सदस्यबाट भने कारवाही गरेको छैन । कान्डको अनुसन्धानमा सहयोग गर्न कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी एक सातादेखि फरार छन् । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

नेकपा विभाजनपछि माओवादी छाडेर एमालेमै बसेका टोपबहादुरलाई अहिलेको सरकारले पूर्वाग्रह राखेको र एमालेले संरक्षण गरेको आरोप लागिरहेको छ ।