पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न चार दिन म्याद थप गरिएको छ।
बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।
महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको हो।
खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि अदालत लगेको हो।
यता, खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु सम्पर्कविहीन भएकी छन्। उनी नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत हुन्।
नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो।
उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो।




