टोपबहादुर भन्छन्: बिरामी छु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले बिरामी भएको पत्र पठाएको जानकारी दिए । बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था छ ।

एमाले केन्द्रीय सचिवसमेत रहेका रायमाझीलाई पार्टीले बुधबारै निलम्बन गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन् ।