पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने कान्डमा प्रतिकको संलग्नता देखिएको प्रहरीको दाबी छ ।
यो कान्डमा अहिले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।
शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोडभन्दा बढी ठगेको प्रहरीको दाबी छ ।






