मुख्य समाचार

पोखरामा बिजुलीका तार भूमिगत गर्न थालियो

गण्डकी, २५ वैशाखपोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका–१० कुँडहर क्षेत्रबाट तार भूमिगत गर्नसुरु गरिएको बताए । “इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो”, उनले… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार गृह मन्त्रालयमा श्रेष्ठ र सङबीच भेटवार्ता भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताउनुभयो । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ । चीनको तीब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको… पुरा पढौ

स्थानीय तहले बनाउन थाले आफ्नै प्रहरी

रोल्पा, २५ वैशाख रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन्… पुरा पढौ

रास्वपा सांसदमा विन्दवासिनी कि ढाका ?

रास्वपाले सोमबार विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाएको हो । निर्वाचन आयोगले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा कंसाकार सांसद हुने निर्णय अघिल्लो साता नै गरेको हो । उनले आयोगबाट सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ । यता, सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको… पुरा पढौ

कर्णको नेतृत्वमा लोकतन्त्रिक तमु संघ

लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले कर्ण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष गुरुङ माछापुच्छे« गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ (कास्की), उपाध्यक्ष टेकबहादुर गुरुङ (कास्की), मुख्य सचिव अर्जुन गुरुङ (लमजुङ), सचिव विष्णुमाया गुरुङ (स्याङ्जा), सहसचिव पूजन गुरुङ ( तनहुँ) र कोषाध्यक्ष नेमबहादुर गुरुङ (स्याङ्जा) चुनिएका छन् । प्रदेश समिति सदस्यमा कास्कीका मिठु गुरुङ, सिमा गुरुङ, गंगादेवी गुरुङ, जगतबहादुर गुरुङ, दर्शन घले… पुरा पढौ

नेत्रज्योति संघ कास्कीमा सुरेन्द्रको नेतृत्व

नेपाल नेत्रज्योति संघ कास्कीमा सुरेन्द्र थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको संघको अधिवेशनले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चुनेको हो । उपसभापतिमा डा नन्द श्रेष्ठ, सचिव नारायण बराल, कोषाध्यक्ष राधिकाकुमारी शाही योगी, सहकोषाध्यक्ष शंकर गुरुङ र सहसचिव गणेशबहादुर ढकाल छन् । यस्तै सदस्यमा प्राडा ज्ञानबहादुर कार्की, सुशीला केसी अधिकारी, रमाकान्त बराल, पुष्पलक्ष्मी महर्जन, तुम्ला श्रेष्ठ, जनकराज पराजुली, मेघनाथ काफ्ले, अर्जुन बञ्जरा, दिलीपकुमार… पुरा पढौ

गण्डकी स्पोर्टस् क्लबमा उमेशको नेतृत्व

गण्डकी स्पोर्ट्स क्लब पोखरा ३ कास्कीको विशेष साधारण सभाले नयाँ कार्यसमिति चुनेको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको पदस्थापन शनिबार भएको छ । अधिवेशनले उमेश सिकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो । क्लबको उपाध्यक्ष दीपक मुल्मी, सचिव कपिलदेव गौतम, सहसचिव चेतनाथ चालिसे, कोषाध्यक्ष विनोद गुरुङ र सहकोषाध्यक्ष सुमन ताम्राकार छन् । कार्यसमिति सदस्यमा कृष्णबहादुर थापा, जयप्रकाश थापा, मिलन पुन, इनोज रञ्जीत, सान्तोष बानियाँ, अनिरुद्र उदास, गोविन्द प्रधान, द्रव्यजंग… पुरा पढौ

स्पोर्ट्स अवार्डको सम्मान आज, पत्रकार अवार्ड सागरलाई

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको २५ औं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफएम, एभिन्युज टेलिभिजन,… पुरा पढौ

रास्वपा सरकारमा नजाने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ। शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सोमबारको निर्णयअनुसार शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सभापति लामिछानेको पटक पटकको वार्ता सकारात्मक दिशातिर अघि नबढेपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा… पुरा पढौ

यो वर्ष खाद्य संकट हुन सक्ने चेतावनी

विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र मनसुनमा पनि कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा यो वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरुले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षायाममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं