स्कुलको छतबाट लडेर घाइते

पोखरा ८ मा रहेको नीलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर एक छात्रा घाइते भएकी छन् । आइतबार बिहान भारत बिहार मोतिहारी घर भई हाल पोखरा ८ बगाले टोल बस्ने १५ की चाहात शाह स्कुलको छतबाट खसेकी हुन् । उनी सोही स्कुलमा पढ्छिन् ।

घाइते चाहतको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।