कास्की प्रहरीले शनिबार फेवातालमाथिको सिमसार क्षेत्र पुुर्ने ७ जनालाई पक्राउ गरेको छ । पोखरा १८ को सिमसार क्षेत्र पुुरेर केही दिनदेखि घडेरी बनाउन क्रम चलिरहेको छ ।
शुक्रबार बसेको कास्कीका सरोकारवाला निकायको भेलाले सिमसार क्षेत्र पुुर्ने काम रोक्ने निर्णय गरेको थियो । शनिबार पोखरा महानगरपालिकाको ग १ झ ३२० नम्बरको को पिक अप गाडीमा पामे पुुगेका नगर प्रहरीलाई स्थानीय र माटो पुुर्ने काम गर्नेहरुले नै नियन्त्रण गर्ने प्रयास गरेका थिए । त्यहाँ एउटा घडेरीमा माटो पुुरेको ५ लाख लिएर वाइयुुके कन्स्ट्रक्सनका युवराज खतिवडाले काम गरिरहेको स्रोत बताउँछ ।
माटो बोक्न प्रयो भएको प्रयोग भएको ग१ख ८६८७ नं। को टिप्पर र टिप्परमा लोड भएको माटो समेत नियन्त्रणमा लिन खोज्दा स्थानीय र संलग्न व्यक्तिसमेत पोखरा महानगरपालिकाको गाडीलाई नै नियन्त्रणमा लिन खोजेका थिए ।
यो जानकारी पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले टिपरसहित ७ जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।




