मुख्य समाचार

सोमबहादुरका सपना सम्झँदै आफन्त

तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र विद्रोहको अवधिमा ८ हजारभन्दा बढीले ज्यान गुमाए । करिब ११ सय जनाको अझै अत्तोपत्तो छैन । विद्रोहका बेला हतियारधारीले लगेकाले सबैजसोका आफन्तले जिउँदै आउने आशा करिब मारिसकेका छन् । तर, राज्यले आधिकारिक रुपमा लास वा सास दिनुपर्छ भन्ने आफन्तको आवाज छँदै छ । बृहत शान्ति सम्झौता भएको २ दशक भईसक्दा पनि बेपत्ताको अवस्था सार्वजनिक भएको छैन । शनिबार पोखरा ३२ खुदीखोलमा भएको कार्यक्रममा सोमबहादुर विक(ज्योति)का… पुरा पढौ

एसइई पूरक परीक्षा साउन २६ र २७ गते

माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा २ विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र… पुरा पढौ

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्रीकाे सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने ‘अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नुपर्छ ।’ अहिले पनि… पुरा पढौ

फेवा जोगाउन प्रधानमन्त्रीलाई राष्ट्रिय सम्पदाको आग्रह

मानवीय र प्राकृतिक अतिक्रमण एकसाथ झेल्दै आएको फेवाताल संरक्षणको प्रभावकारी उपाय नअपनाई अबको सय वर्षभित्रै मासिने केही अनुसन्धानले देखाएका छन् । सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरी ३ तहकै सरकारलाई जिम्मेवारी तोकेर काम गर्न भने पनि कार्यान्वयन भएको छैन । पोखराको मुख्य प्राकृतिक सौन्दर्य फेवाताल जोगाउन शनिबार राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष सुनिल पाण्डे, अधिवक्ता भगवती पहारी, फेवातालको… पुरा पढौ

‘भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीब्र बनाइन्छ’ : प्रधानमन्त्री प्रचण्ड

पोखरा, असार १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउनुभएको छ। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै… पुरा पढौ

पार्टी एकताका लागि ठोस पहल हुँदै छ : प्रधानमन्त्री

असार १६, पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, "माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै… पुरा पढौ

मुख्यमन्त्रीहरुले मागे जग्गाको स्वामित्व (साझापत्रसहित)

पोखरामा भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र जारी गरेको छ । ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने, संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका निष्कर्ष निकालेको छ । मुख्यमन्त्रीहरुले साझापत्र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले बैठकको निष्कर्षबारे संघीय सरकारमा छलफल गर्ने आश्वासन… पुरा पढौ

सुटिङमा जमेका विजय कार्कीे

विजय कार्कीको जन्म पोखरा २० मा भएको हो । साविकको भलाम गाविस वडा नं. २ मा शेरबहादुर र मना कार्कीका साइलो सन्तानका रुपमा विसं. २०४१ मा उनको जन्म भएको हो । होचो कदका तर फूर्तिला उनी सानैदेखि खेल प्रेमी थिए । सायद त्यसैले होला उनी १७ वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती भए । सिक्स फाइभ जीआर फ्रटिएर्स फोर्समा रहेर सेवा गरे । उनको अभिरुचि र कुशलताका कारण उनी पल्टनमा… पुरा पढौ

चूडामणि शर्मासहित ३ जनालाई ९ वर्ष जेल र ४ अर्ब जरिवाना

विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित ३ जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो । निर्धारित सजायअनुसार दोषी ठहर तीनै जनाविरुद्ध बिगो र जरिवाना जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ तोकिएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र… पुरा पढौ

पोखरामा पनि हिन्दी चलचित्रमा रोक

काठमाडौंपछि पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । पोखरा महानगरपालिकाले पोखराका सिनेमा हल सञ्चालकहरुलाई पत्र लेखेर आदिपुरुषमा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएको हो । ुजानकी भारतकी छोरी हुन्ु भन्ने चलचित्र आदिपुरुषको संवाद नसच्चिएसम्म पोखराका फिल्म हलहरुमा अरु भारतीय फिल्मसमेत चलाउन रोक लगाइएको छ । काठमाडौं महानगरले यसअघि नै सोमबारदेखि भारतीय फिल्म चल्न नदिने निर्णय लिइसकेको छ । यता, विवादपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं