पोखरामा पनि हिन्दी चलचित्रमा रोक

काठमाडौंपछि पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ ।

पोखरा महानगरपालिकाले पोखराका सिनेमा हल सञ्चालकहरुलाई पत्र लेखेर आदिपुरुषमा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएको हो ।

ुजानकी भारतकी छोरी हुन्ु भन्ने चलचित्र आदिपुरुषको संवाद नसच्चिएसम्म पोखराका फिल्म हलहरुमा अरु भारतीय फिल्मसमेत चलाउन रोक लगाइएको छ ।

काठमाडौं महानगरले यसअघि नै सोमबारदेखि भारतीय फिल्म चल्न नदिने निर्णय लिइसकेको छ । यता, विवादपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।

कम्पनीले आइतबार पत्र पठाएर चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीको स्वाभीमानलाई प्रतिनिधित्व गरेको दाबी गरिएको छ ।

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न भनेकी छन् ।

‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन’, पत्रमा भनिएको छ ।