मुख्य समाचार

किन राजीनामा दिए भरतराज गौतमले ?

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् । गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई आज कार्यवाहक महासचिव तोकेका थिए । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ । गौतमको… पुरा पढौ

पोखराका होटलमा सिसी क्यामेरा र ग्राहकको पूर्ण विवरण अनिवार्य

पोखराका होटलहरुले अनिवाय रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो । मङ्सिर ५ गते पोखराको पृथ्वीचोकको एक होटलमा अचेत फेला परेकी सुकु विकको मृत्युको कारण अझै पत्ता लागेको छैन । विकको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा होटलमा सुरक्षाका विधिहरु नअपनाएको पाएपछि प्रहरी र व्यवसायीको छलफलले यी निर्णय… पुरा पढौ

सकियो पर्वतीय महोत्सव, अर्काे वर्ष थप उत्कृष्ट बनाउने प्रतिवद्धता

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालमा आयोजना गरेको पर्वतीय महोत्सव मङ्गलबार सकिएको छ । पाँच दिने महोत्सव १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेमगरले नेपालले अरुले गरेका गल्तीको असर भोग्नुपरेको उल्लेख गरे । जलवायु परिवर्तनका कारण भविष्यमा अझ ठूला सङ्कट र विपत्ति आउन सक्ने भन्दै उनले चिन्ता जनाए । ‘नेपालका बस्तीभन्दा नदीको सतह… पुरा पढौ

पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ राखिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो । पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरे । चाडै डिजिटल नक्सा राख्नेछ । सेल्डनले हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी… पुरा पढौ

जनप्रियलाई ४० रोपनी जग्गा उपलब्ध गराउँछु ः मन्त्री थापा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुशी लागेको… पुरा पढौ

नगर प्रहरी माथि हातपात गर्ने व्यवसायी घिमिरे पक्राउ

ड्युटीमा रहेका नगर प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।  घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक… पुरा पढौ

पोखराबाट बस चोरेर भाग्दै गरेका किशोर पक्राउ

सामान्यतया किशोरावस्था शिक्षाआर्जनकै अवधि हो । यो उमेरमा किशोरकिशोरीहरु घरबाटै स्कुल, क्याम्पसमा शिक्षार्जन गर्छन् । पछिल्लो समय साइबर अपराध र अन्य आपराधिक घटनामा किशोरकिशोरीको संलग्ना बढ्दै गएको छ । हालै प्रहरीले पोखरामा रोकिराखेको बस चोरेर चितवन पुग्नुभएका एक किशोरलाई पक्राउ गरेको छ । शुक्रबार राति पोखरा महानगरको वडा नं. ९ मा पार्किङमा राखिएको ग१ख ९६३८ नम्बरको बस चोरी भयो । शुक्रबारै राति चितवनको भरतपुर नगरपालिका वडा नं. ११ आँपटारीबाट सो… पुरा पढौ

ठगी मुद्दामा वडा सदस्यसहित ४ पक्राउ

लेकसाइडको फुटट्रायकमा ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन् । पोखरा लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफीगरे बापत मिलन पहारी समेतले धम्काई प्रतिव्यक्ति १३ हजार ५ सय लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारी पनि छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । १५ जनाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ती ४ जनालाई… पुरा पढौ

सुरु भयो पर्वतीय पर्यटन महोत्सव

आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सव शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले सुरुआत गरे । उनले जलवायु परिवर्तनमा योगदान नभए पनि नेपालले प्रत्यक्ष असर भोगिरहेको सुनाए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको जनाए । ‘जुन खालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको… पुरा पढौ

कास्कीमा तामाङ पत्रकार संघको २० औं स्थापना दिवस

तामाङ पत्रकार संघको २०औं स्थापना दिवसको अवसर पारेर तामाङ पत्रकार संघ कास्कीले पोखरामा बुधबार शुभकामना आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दीपेन्द्र श्रेष्ठले तामाङ पत्रकार संघ कास्कीले पछिल्ला सबै कुरा बुझेर संघको स्थापना गरी आफ्ना कार्यक्रमलाई गतिशील बनाइरहेको भन्दै प्रशंसा गरे । आफ्नो समुदायको भाषा, संस्कृतिको विषयलाई उठान गर्दै क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं