मुख्य समाचार

फुटपाथकाे रूख काट्नेलाई १५ हजार जरिवाना

पोखरा महानगरपालिका वडा नं.८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना गरिएको छ । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु.१५ हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान… पुरा पढौ

पोखरा विमानस्थलबाट गाजाँसहित नर्वेजियन पक्राउ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गाजाँसहित नर्वेका एक नागरिक पक्राउ परेका छन् । ् ्लागू औषध नियन्त्रण व्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले बिमानस्थलमा चेकजाँच गर्ने क्रममा नर्वेका रुने फ्लाथालाई शुक्रबार पक्राउ गरेको हो । विमानस्थलको प्रस्थान कक्षमा अवैध लागू औषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा रुने फ्लाथाको साथबाट १० ग्राम पोल्यान र ३५ ग्राम गाँजाको धुलो फेला परेको कास्की प्रहरीका… पुरा पढौ

क्वारेन्टिनमा मुर्रा राँगा, कहिलेबाट आउँछ बजारमा सिमोन ?

नेपाली भैंसीको नश्ल सुधारका लागि ल्याइएका मुर्रा राँगा अहिले क्वारेन्टिनमा राखिएका छन् । करिब एक महिना क्वारेन्टिनमा राखी स्वस्थ्य प्रमाणित भएपछि विर्य संकलन थालिने छ । यी मुर्राको विर्य(सिमोन) आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगाबाट चाडै विर्य उत्पादन सुरु गर्ने र देशैभरका किसानलाई उपलब्ध गराउने तयारी छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालमा शुक्रबार राति तीमध्ये सात राँगा ल्याइएको… पुरा पढौ

प्रतिगमन गर्न खोजे अर्को जनयुद्ध: विप्लव

नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अब पनि प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् । १० औँ पार्टी पुनर्गठन दिवसको अवसरमा शुक्रबार रोल्पाको थवाङमा आयोजित जनसभाम उनले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिले अनावश्यक चलखेल गरेको दाबी गरे । उनले भने, ‘प्रतिगमनको प्रयास भए अर्को जनयुद्ध लडिनेछ । जनता उपलब्धि मास्न दिइनेछैन ।’ महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको दाबी गरे । उनले जनयुद्धमा सञ्चालन भएको… पुरा पढौ

श्रमिक नेकपा एसमा प्रवेश

स्वतन्त्र नेतृ श्रमिक जिसी नेकपा एकीकृत समाजवादी(एस) प्रवेश गरेकी छन् । पोखरा ४ की बासिन्दा जिसीलाई शुक्रबार एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष नेपालले युवाको प्रतिनिधित्व गर्दै जिसीसहित थुप्रै युवा एकीकृत समाजवादीमा समाहित हुने क्रम जारी रहेको जनाए । उनले सबैलाई पार्टीले उचित जिम्मेवारी दिएर काममा परिचालित गर्ने सुनाए । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा पार्टीका पदाधिकारीहरु उपस्थित थिए । शैक्षिक क्षेत्रसहित सामाजिक… पुरा पढौ

पोखरा २१ का वडाध्यक्ष सुवेदी दम्पतिले माफी मागे

पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका श्रीमतीहरु । पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी र उनका श्रीमतीद्धय मीनाकुमारी आचार्य सुवेदी र मीना जिसीले पत्रकार राजेन्द्र अधिकारीसँग माफी मागेका छन् । डनन्यूज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई उनीहरुले टेलिफोन संवादमा बलात्कार अभियोगमा फसाउने, सिध्याइदिने लगायतका धम्की दिएका थिए । पोखरामा रहेको मित्रमिलन सहकारीसँग सम्बन्धित एक महिलाको जग्गा किनबेचबारे बुझ्न पत्रकार अधिकारीले वडाध्यक्ष सुवेदीलाई फोन गरेका थिए । टेलिफोन संवादमा वडाध्यक्ष… पुरा पढौ

देवकुमार नेपालीले भनेः इमेजको समस्या व्यवहारिक रुपमा सुल्झाउँछौँ

बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कविहीन भएको छ महिनापछि फेसबुकमार्फत उनी सार्वजनिक भएका हुन् । उनले बचतकर्तालाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको जिकिर गरेका छन् । उनले घरमा हतियारसहित आएर ज्यान मार्ने धम्की दिएको समेत जनाएका छन् । उनले लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने आश्वासन दिएका… पुरा पढौ

पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु

पोखरा महानगरपालिका वडा नं. २९ मा करेन्ट लगाएर माछा मार्ने क्रममा सोमबार दम्पतीको मृत्यु भएको छ । पट्नेरीको खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । करेन्ट लगाएर माछा… पुरा पढौ

काँचुली नफेरि सर्प दौडिन सक्दैनन्, पार्टीहरु पनि त्यस्तै हुन्ः पार्थ

अहिले मजदूरदेखि उच्च तहसम्म एउटा साझा प्रवृत्ति छः निराशा र आक्रोश । संसारकै उन्नत मानिएको राजनीति व्यवस्था, विश्वको ज्ञान, विज्ञानसँग प्रत्यक्ष पहुँच र गाउँ गाउँमै सरकार पुगे पनि सर्वसाधारणको दैनिकी सरल र सहज हुन सकेको छैन । यस्तै, यस्तै सामाजिक, आर्थिक र राजनीतिक समस्याको माक्र्सवादी दृष्टिकोणबाट समाधानको प्रस्ताव गरिएको पुस्तक ‘विकल्प’माथि शनिबार पोखरामा बहस भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव राम कार्की ‘पार्थ’को लेखहरुको सङ्ग्रह यसमा समतामूलक समाज… पुरा पढौ

जाजरकोटमा चिसोले थप ३ जनाको मृत्यु

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं