पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्। बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा फरार दर्लामीलाई प्रहरीले सिन्धुलीबाट बिहीबार पक्राउ गरी पोखरा ल्याउँदै छ ।
कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले दर्लामीलाई लिन कास्की प्रहरीको टोली गएकाो जनाए । सूर्यदर्शन काण्डमा पक्राउ पर्ने दर्लामी दोस्रा व्यक्ति हुन् । यसअघि कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाटै पक्राउ परेका थिए।
मुख्य अभियुक्त जिबी राईसहित १७ जना अझै फरार छन्।
जिबी राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेकोसमेत आरोप छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रूपैयाँ अपचलन भएको उजुरी छ। यही सहकारीको रकम लिएको खुलेका रास्वपा सभापति रवि लामिछानेबारे अनुसन्धान नै सुरु भएको छैन ।




