पोखरा पर्यटन परिषद र माउन्टन कैलाश रिसोर्ट सम्मानित

नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषद र पोखराको माउन्ट कैलाश रिसोर्टलाई सम्मान गरेको छ । बोर्डको २५ औं वार्षिक साधारणसभाको अवसरमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उनीहरुलाई सम्मान गरेका हुन् ।

पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मान गरेका हुन् । पर्यटन परिषदले पर्यटन बोर्डको प्रर्वद्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै दुवै संस्थालाई सम्मान गरेको हो ।

परिषद अध्यक्ष श्रेष्ठले सम्मानले परिषदलाई अझै काम गर्ने हौसला बढाएको सुनाए । पोखराका सबै पर्यटनसम्बद्ध संघ, संस्थाको छाता संगठन परिषदको सम्मान सबै पोखरेलीको सम्मान भएको उनको भनाइ छ ।

स्तरीय सेवा दिएर पर्यटन प्रर्वद्धनमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै होटल माउन्ट कैलाशलाई सम्मान गरिएको हो ।