पृथ्वीचोकमा हनी ट्रयापमा पारी लुटपाट गर्ने ५ पक्राउ

वडा प्रहरी कार्यालय बैदाम तथा प्रहरी पोष्ट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पोखरा ९ पृथ्वीचोक बसपार्कबाट ५ जनालाई पक्राउ गरेको छ ।

यहाँ आउने बाह्य तथा आन्तरिक पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाट तथा पकेटमार गरी दुःख, हैरानी दिने २ महिला र ३ पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा २३ बस्ने बर्ष २५ का मौसम परियार, चितवन घर भई हाल पोखरा ९ बस्ने बर्ष २० का प्रकाश परियार, पोखरा ९ बस्ने बर्ष १९ की मन्जु नेपाली र सोही ठाउँकी सम्झना परियार छन् ।

अभियुक्तहरुले महिलाको प्रयोग गरी घुमफिर गर्न आउने पुरुषहरुलाई होटल मिलाई दिने बहानामा बिभिन्न प्रलोभनमा पारी एकान्त ठाउमा लिइ गई नगद तथा मोबाईल फोनसमेत लुट्ने गरेको प्रहरीको दाबी छ । उनीहरुलाईअभद्र व्यबहारसम्बन्धी कसुर मुद्दामा बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।