मुख्य समाचार

करबाकेली पदयात्रामा लेखकहरू

मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीलाई म्याग्दीको ‘करबाकेली इको टे«क’मा पदयात्रा गराइएको छ । स्थानीय करबाकेली बाबा संरक्षण समितिले उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व पहिचान गराएको हो । पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए । दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा… पुरा पढौ

रैथाने हाटबजार र सयपत्री फूल मेला हुने

पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा.ली.को साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको आगामी शनिवार शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहनेछन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो… पुरा पढौ

नेकपाले लगाएकाे धन काट्दै सिडिआे

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले लगाएकाे धान दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले काटेका छन् । नेकपाले घोराही– १६, करौंटी डाँडामा लगाएको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् । सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा खुसी लागेको बताए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ काम… पुरा पढौ

लेकसाइड चौबिसै घण्टा खोल्न आदेश

पोखराको पर्यटकीय क्षेत्र लेक साइड चौबिसै घण्टा खुला हुने भएको छ । बुधवार उच्च अदालत पोखराले लेकसाइड बन्द नगर्न आदेश दिएको हो । उच्चमा देवीकुमारी बरालले पेश गरेको रिटमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले यस्तो निर्णय गरेको हो । .कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन आदेश जारी भएको उच्चले जनाएको छ । उच्च अदालत पोखराको आदेशमा भनिएको छ, ‘‘पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन वृद्धि हुने क्षेत्रहरूमा… पुरा पढौ

महानगरले ताेक्याे फूल र मालाकाे मूल्य

पोखरा महानगरपालिकाले माला र फूलको मूल्य तोकेकाे छ । तिहारमा उपभाेक्ता मारमा परेको गुनासो आएपछि मूल्य तोकिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । ‘गएका वर्षमा फूल र मालाको मूल्यमा उपभोक्ता ठगिएको गुनासो थियो । उनले भने, ‘यो वर्ष मपनरी मूल्य लिन पाइँदैन । महानगरले मूल्यमा एकरुपता कायम गर्न मूल्य तोकिदिएको छ । मेलासमेत हुँदै छ ।’ महानगरले यसपालि फूलको तौल अनुसार मूल्य तोकेको छ । ५ देखि १० ग्रामको… पुरा पढौ

कोरला नाका २७ गतेदेखि खुला हुने

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएको सुनाए । उनी भन्छन्, “लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।” नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडा लगायत सस्तोमा आयात गर्न पाउने छन् । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा… पुरा पढौ

मन्त्रीका अंगरक्षक मृत फेला

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् ।  मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।  मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले अंगरक्षक प्रहरी सहायक निरीक्षक सुवेदी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पुरा पढौ

ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।  पुरा पढौ

सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।  गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनु भएको बताइएको छ । पुरा पढौ

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’ यो कार्यदललाई दुई वटा विषय 'म्यान्डेट' दिइएको छ । कार्यदलले गाँजालाई औषधिका रूपमा कसरी उपयोग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं