मुख्य समाचार

११ र १२ गते ५६ जिल्लामा रात्रिबस चलाउन नपाइने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति रात्रिबस चलाउन रोकेको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो। बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण… पुरा पढौ

धरौटीमा छुटे ढाकाकुमार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागु औषध कारोबारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ढाका धरौटी बुझाएर रिहा भइसकेका छन् । उनी प्रतिबन्धित औषधि ९लागु औषध० टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७… पुरा पढौ

महानगरको सुपथ मूूल्य पसल ११ गतेबाट

पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा ८, सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले बताए । चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । पोखराको लेखनाथ क्षेत्रमा पनि सुुपथ मूल्य पसल खोल्नेबारे समेत छलफल भइरहेको उनको भनाइ छ… पुरा पढौ

सहरबाट गाउँ फर्कनेलाई ६ महिनाको खाद्यान्न र थप १ लाख

पर्वतको महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्र्किएमा एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च दिने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउनेछन् । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको… पुरा पढौ

पर्यटन दिवसमा टिकटमा छुट र फोटो प्रदर्शनी

पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान… पुरा पढौ

युरिक एसिड सित्तैमा, थाइराइडमा ५० % र अन्य जाँचमा ३० % छुट

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले चाडपर्व लक्षित विशेष छुट योजना ल्याएको छ । बिहीबारदेखि कत्तिक महिनाभर यो योजना लागू हुनेछ । यो अवधिमा युआरएलको मुख्य कार्यालय सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी… पुरा पढौ

अमेरिकाको हेम्स्टेड टाउनमा फहरायो नेपाली झन्डा, पोखरा भ्रमणको निम्तो

अमेरिकाको न्यूयोर्क लङ आइल्याण्डमा अवस्थित हेम्स्टेड टाउनको कार्यलयमा नेपालको संबिधान दिवसको अवसर पारेर हेम्स्टेड टाउनका प्रमुख डोन क्लेबिन र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्युबाट संयुक्त रूपमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । पेखराका मेयर धनराज आचार्य र कोर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिकाका अध्यक्ष बावुराम शर्माले टाउन अफ हेम्स्टेडका सुपरवाइजर डन केल्विनलाई नेपाली टोपी लगाइ सम्मान गरे । जनसम्पर्क समितिको तर्फबाट नगर प्रमुख धनराज आचार्य लगायतलाई पन्चे बाजा बजाइ स्वागत… पुरा पढौ

प्रदेश सरकारविरुद्ध कर्मचारी र निर्माण व्यवसायीका मुद्दा धेरै

प्रदेश स्थापनाको सात वर्षमा गण्डकी सरकारले एकातिर कानुनको अभाव झेलेको छ भने अर्कातिर मुद्दाहरुको उल्झन पनि व्यहोरेको छ । गत वर्ष सरकारविरुद्ध ४६ नयाँ मुद्दा परेका थिए । अघिल्ला आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका मुद्दाको सङ्ख्या एक सय ४० छ । प्रदेश सरकारविरुद्ध परेका अधिकांश मुद्दा उच्च अदालत पोखरा, सर्वाेच्च अदालत, जिल्ला अदालत नवलपुर, संवैधानिक अदालतमा गण्डकी सरकारविरुद्ध मुद्दा विचाराधीन छन् । गण्डकी सरकारविरुद्ध सबैभन्दा धेरै मुद्दा भने कर्मचारीबाटै परेका छन्… पुरा पढौ

संसद अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गरेका हुन् । सोमबार बसेको गण्डकी प्रदेशसभाले पाँच कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ । भदौ २१ गतेमात्र प्रदेश सरकारले केही गण्डकी प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । उक्त विधेयकमाथि १ दिनमात्र छलफल गरी प्रदेश सभाले सोमबार पारित गरेको हो । सदनमा… पुरा पढौ

सहकारी ठगी: छविलाई ५ दिन म्याद थप, रवि निगरानीमा

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रहरीले जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो। विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा संलग्नता रहेको भन्दै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं