मुख्य समाचार

संसद अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गरेका हुन् । सोमबार बसेको गण्डकी प्रदेशसभाले पाँच कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ । भदौ २१ गतेमात्र प्रदेश सरकारले केही गण्डकी प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । उक्त विधेयकमाथि १ दिनमात्र छलफल गरी प्रदेश सभाले सोमबार पारित गरेको हो । सदनमा… पुरा पढौ

सहकारी ठगी: छविलाई ५ दिन म्याद थप, रवि निगरानीमा

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रहरीले जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो। विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा संलग्नता रहेको भन्दै… पुरा पढौ

वडा कार्यालयमा नगद २ लाखसहितको झोला फेला

आइतबार पोखरा महानगरपालिका वडा नं। १३ भद्रकाली स्थित वडा कार्यालयको भवनमा दुई लाख नगदसहितको झोला फेला परेको छ । वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंग झोला अपरिचित व्याक्तिले छाडी गएकोमा सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले खोली हेर्दा क्यामेरा, नगद लगायत फेला परेका थिए । वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको उक्त सामानका धनीलाई आफ्नो भएको प्रमाणसहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्न… पुरा पढौ

बढ्यो सहकारी अनुसन्धान, यस कारण पक्राउ पर्न सक्छन् रवि

सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएपछि पूर्व डिआइजीसमेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परे । यी छविलाल तिनै हुन्, जसको घरमा छापा मारेर प्रहरीले सूर्यदर्शन सहकारीको सर्भरसहित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । आइतबार राति विमानबाट जोशीलाई पोखरा ल्याएको कास्की प्रहरीले सोमबार उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ । जोशीपछि राष्ट्रिय स्वतन्त्र पार्टी .(रास्वपा) का सभापति रवि लामिछानेले पक्राउ पर्ने हल्ला चलेको… पुरा पढौ

हिंसात्मक विद्रोह गरेको वामपन्थी पार्टीबाट राष्ट्रपति बने दिसानायके

अनुरा कुमारा दिसानायके शनिबार भएको श्रीलंकाको राष्ट्रपतिको चुनावबाट आइतबार चुनिएका छन् । राष्ट्रपति रनिल विक्रमासिंगे, राजापाक्षे परिवारका उत्तराधिकारी नमाल राजापाक्षे, विपक्षी नेता तथा पूर्वराष्ट्रपति आर प्रेमदासाका छोरा सजित प्रेमदासजस्ता चिरपरिचित उम्मेदवारलाई हराएर उनले चुनाव जितेका हुन् । उनको जनता विमुक्ति पेरामुना (जेभीपी)ले यसअघि दुईपटक असफल हिंसात्मक विद्रोह गरेको थियो। अघिल्लो पटक २२५ सिटको संसदमा उनको पार्टीसँग जम्मा तीन सिट थियो। दिसानायके नेसनल पिपुल्स पावर नामक गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका थिए।… पुरा पढौ

पूर्व जनरलले देखेको रातो बरफ, रातै धर्ती !

नेपाली सुगम सङ्गीतका अब्बल गीतकार आनन्द अधिकारी नेपाली सेनाका अवकाश प्राप्त उपरथि हुन्न भन्ने थोरैलाई मात्र थाहा छ । कडा सैनिक ऐन पालना गर्दै गराउँदै साढे तीन दशक बिताएका अधिकारी मर्मिक र हृदयस्पर्धी गीत लेख्छन्, कविता पनि उस्तै अब्बल छन् । चर्चित गीतकारको सूचीमा छुट्दैन आनन्दको नाम । साढे चार सय हाराहारी गीत सिर्जना गरेका अधिकारीको कविता सञ्चयन ‘केवल धूलो’ चाँडै बजारमा आउँदै छन् । उनै अधिकारी शनिबार पोखरेलीमाझ आफ्ना… पुरा पढौ

दुर्गा प्रसाई ३ दिन थुनामा

साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी… पुरा पढौ

रविलाई पक्राउ गर्ने तयारी, रास्वपाले बोलायो आकस्मिक भेला

सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो। सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइजी छवि जोशीलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको छ। गोरखा मिडिया नेटवर्ककै पूर्व सञ्चालक एवं रास्वाप सभापति रवि लामिछाने र कांग्रेस उपसभापति धनराजध गुरुङलाई समेत आइतबार नै पक्राउ गर्ने तयारी… पुरा पढौ

सहकारी ठगी आरोपमा पूर्वडिआइजी पक्राउ, रविलाई के होला ?

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । गृहमन्त्री रमेश लेखकले आइतबारमात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ परेका जोशीलाई आजै पोखरा ल्याउने तयारी छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक हुन् । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको… पुरा पढौ

दुर्गा प्रसाइ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । वित्तीय संस्थाहरुको बिरुद्धमा अभियान चलाउँदै हिडेका पसाईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । गएको बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल८विरूद्ध पनि पुर्जी जारी भएको थियो । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो। पक्राउ गर्ने हातपातमा उत्रिएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं